३ वटा प्रतिवेदन पारित गर्दै सकियो एमाले बैठक, घनश्याम भुसालको फरकमत « Khabarhub

३ वटा प्रतिवेदन पारित गर्दै सकियो एमाले बैठक, घनश्याम भुसालको फरकमत


१० आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौँ– नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले जानकारी दिए ।

तीनवटै प्रतिवेदनमाथि १० वटा समूह बनाएर शनिबार छलफल भएको थियो । सो छलफलमा आएका सुझाब तथा प्रश्नबारे अध्यक्ष ओलीलगायत प्रतिवेदन प्रस्तुतकर्ता नेताले जवाफ दिएका थिए । जवाफ दिनेक्रममा अध्यक्ष ओलीले संसद विघटन ठिक रहेको भन्दै बचाउ गरेका थिए ।

उता ७० वर्षे उमेर हद कायम राखिने जवाफ उपमहासचिब पौडेलले दिएका थिए । उनले विधान महाधिवेशनले निर्णय गरेमात्र सो व्यवस्था परिवर्तन हुने अन्यथा ७० वर्ष उमेर पुगेकाले कार्यकारी पद लिन नपाइने व्यवस्था कायम रहने जानकारी दिएका थिए ।

प्रचार विभाग प्रमुख भट्टराईका अनुसार विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुबारे यसअघिको निर्णयमा केही सुधार गरिएको जानकारी दिए । यसअघि विभागबाट १५ जना प्रतिनिधिले भाग लिने भनिएकोमा अब ५ जनालेमात्र भाग लिन पाउने भएका छन् । करिब ५ हजार प्रतिनिधिले महाधिवेशनमा भाग लिने उनले बताए ।

बैठकमा अर्का महासचिब घनश्याम भुसालले भने फरकमत राखेका छन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भुसालले आफूले केही फरकमत राखेको बताए । उनले राजनीतिक प्रतिवेदनमा फरकमत राखेका हुन् । उनले अहिले समाजमा परिवर्तन भइसकेको भन्दै त्यसलाई समाजवादसम्म लैजाने कार्यक्रमबारे यसअघिकै अडान राखेको बताए ।

केन्द्रीय कमिटीले पारित गरेका ३ वटै प्रतिवेदनलाई यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा हुने विधान महाधिवेशनमा पेश गरिने छ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ५ : ४३ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी