दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध « Khabarhub

दक्षिण अफ्रिकामा नयाँ भेरियन्ट, बेलायतले लगायो ६ देशमा यात्रा प्रतिबन्ध


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूचओ) ले दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरियन्ट तीव्र फैलिरहेको जनाएको छ ।

नयाँ भेरियन्टका कारण कोरोनाभाइरसविरुद्धको खोप पनि प्रभावहीन देखिएको छ । विश्वभर कोभिडका हजारौं भेरियन्ट (प्रकार) भेटिएका छन् ।

नयाँ भेरियन्ट पहिचान गरेका दक्षिण अफ्रिकाका विज्ञहरुले यसको उत्परिवर्तन असंख्य भएको बताएका छन् । नयाँ भेरियन्टका कारण अहिले प्रयोगमा आएका कोभिड खोप प्रभावकारी नहुने उनीहरुको भनाई छ । डब्लूचओका विज्ञहरू नयाँ भेरियन्टबारे अध्ययन गर्न दक्षिण अफ्रिकी देशको भ्रमण गर्दैछन् ।

नयाँ भाइरस देखिएसँगै बेलायतले दक्षिण अफ्रिकाका ६ देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जाम्बिया, बोत्सवान, लेसेथो, इस्वातिनीका नागरिकलाई प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ३४ बजे

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन