बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने « Khabarhub

बेसीसहर नगरपालिकाले यसै वर्ष १२ सडक कालोपत्रे गर्ने


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – बेसीसहर नगरपालिकाले चालू आर्थिक वर्षमा १२ वटा सडक कालोपत्रे गर्ने भएको छ । नगर कार्यपालिकाको बैठकले चालू आर्थिक वर्षमा लागत साझेदारीमा उक्त सडक कालोपत्रे तथा ढलान गर्ने निर्णय गरेको हो ।

नगरपालिकाको ६० प्रतिशत र स्थानियको ४० प्रतिशत लागत साझेदारी हुने गरी कालोपत्रे र ढलान गर्ने निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए । साझेदारीमा काम गर्दा गुणस्तरीय र प्रभावकारी काम हुने भएकाले लागत साझेदारीमा काम गर्दै आएको उनले बताए ।

बेसीसहर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि करिब ४० वटा शाखा सडक कालोपत्रे भएको अर्यालले बताए । गत आर्थिक वर्ष ०७७/७८ मा नगरपालिकाले १ दशमलव ९५ किलोमिटर सडक कालोपत्रे गरेको छ ।

नगरपालिकाले भौतिक पूर्वाधारतर्फ यतिका सडक कालोपत्रे गरेको जनाएको छ । नगरपालिकाले लागत साझेदारीमा बेसीसहरका शाखा सडकहरू धमाधम कालोपत्रे गर्दै आएको छ । बेसीसहरमा रहेका सबै शाखा सडक कालोपत्रे भइसकेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा १२ किलोमिटर सडक सोलिङ तथा ग्राभेल गरेको छ । १३ दशमलव ७ किलोमिटर सडकको नयाँ ट्रयाक ओपन गरिएको छ । ६६ किलोमिटर सडक मर्मत सम्भार गरेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ४९ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना