‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट « Khabarhub

‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट


१० मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नवौं संस्करणमा ‘जुलुङ्गो’, ‘नो स्कुल टुडे’ र ‘ललित’ उत्कृष्ट घोषित भएका छन् ।

भर्चुअल रुपमा आयोजना गरिएको चार दिने महोत्सवमा राजेशप्रसाद खत्रीको ‘जुलुङ्गो’, मिरा खड्का र ज्योति बेलबासेको ‘नो स्कुल टुडे’ र एञ्जिला चौधरी तथा पुष्पा जोशीको ‘ललित’ उत्कृष्ट बन्दै पाँच सय अमेरिकी डलर पुरस्कार जितेका छन् ।

महोत्सवमा नेपाललगायत २४ देशका ४२ चलचित्र प्रदर्शन गरिएको थियो । ‘जुलुङ्गो’ले फिक्सनबाट, ‘नो स्कुल टुडे’ले वृत्तचित्रबाट र ‘ललिता’ले महिला फिल्मेकरतर्फबाट उत्कृष्ट भएको हो । महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जित निर्णायक थिए ।

महोत्सवको पहिलो गत सोमबार बिहान ७ बजेदेखि छनोट भएका फिल्महरू मुभी डटकम वेबसाइटमा प्रदर्शन भएका थिए । महोत्सवमा लघु चलचित्र, वृत्तचित्र, फिचरलगायत सबै विधाका फिल्महरु प्रर्दशन गरिएका थिए । महोत्सवको सहआयोजक राष्ट्रिय मानव अधिकार आयोग र नेपालका लागि क्यानाडाको राजदूतावास रहेको थियो ।

महोत्सवका लागि युरोपियन युनियन, आईओएम, आइसिजे, प्लान इन्टरनेसनल, मोबाइल आर्ट फर पिसले सहयोग गरेका थिए । चलचित्र विकास बोर्ड र मानव अधिकार चलचित्र सन्जालले महोत्सवलाई प्रवद्र्धन गरेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ११ : १० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको