ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ « Khabarhub

ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ


११ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

राजबिराजबाट काठमाडौंको लाने तयारी गरेको अवस्थमा राखिएको बसको डिकीबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचानाको आधारमा लागुऔषध बरामद र संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लले जानकारी दिए ।

टोलिले राजबिराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडि बस पार्किङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको काफ्लले बताए ।

बसको डिकिमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्वर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले एउटा बसबाट नाईटभेट १० लेखिएको ७० पत्ता, २ हजार १ सय ट्यावलेट, एसपीएम पाइरोक्सभेन क्यापसु्ल २ सय ८८ थान र डाइलेक्स डीसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका दुई जनालाई लागुऔषध सम्बन्धि कसुरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी काफ्लले जानकारी दिए ।

यस्तै प्रहरीले सप्तरीबाटै खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरुमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय दिपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्वर १ स्थित पूर्व–पश्चि लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडी चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेको दुबै जनाको साथबाट ब्राउन सुगर ८ ग्राम ५ सय५० मिलि ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्यूजकारखाना

प्रकाशित मिति : ११ पुस २०७८, आइतबार  ९ : ४० बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,