सुनिताको साडी मोह « Khabarhub

सुनिताको साडी मोह


१४ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नारीलाई साडी कहिल्यै भारी हुँदैन रे, हो ?

यो जिज्ञासामा गायिका सुनिता दुलाल एकछिन मुस्कुराइन् । अनि भनिन्, ‘मलाई पनि त्यस्तै लाग्छ । साडीमा कम्फर्टेबल फिल हुन्छ । साडी सम्हाल्न गाह्रो हुन्छ भन्छन्, मलाई चाहिँ सजिलो लाग्छ ।’

सुनितासँग शुरूमै यो जिज्ञासा किन पनि थियो भने उनले सामाजिक सञ्जालमा पोस्ट गरेका तस्वीरहरू साडीविनाका विरलै देखिन्छन् ।

जमाना मिनीको छ । छोटा मानिने र वनपिस पहिरनमा मोह बढ्दो छ । सुनिता भने सार्वजनिक कार्यक्रममा जहाँ पुग्छिन्, साडीमै सजिएकी हुन्छिन् ।

‘मलाई साडी कहिल्यै भारी भएन । साडी लगाएपछि त्यसलाई कसरी क्यारी गर्न सकिन्छ भन्ने कुरा हो । यो कुरा व्यक्तिमा पनि भरपर्छ,’ सुनिता भन्छिन्, ‘युज टु नहुनेलाई चाहिँ भारी नै लाग्छ होला ।’

सानैदेखि साडी

सुनिताको साडी मोह बाल्यकालदेखिकै हो । उनी प्राइमरीमा पढ्दा पनि साडी लगाउँथिन् रे ! उनी भन्छिन्, ‘कक्षामा पढ्न विद्यालय पोशाकमा गए पनि कार्यक्रममा गुन्युचोली मेरा लागि अनिवार्य झैँ हुन्थ्यो । घरमा पनि ममीको साडीचोलो लगाएर ऐना हेर्थें ।’

घरमा आमाले साडी लगाएको देखेर उनलाई पनि साडीमा मोह जाग्यो । उनी सम्झिन्छिन्, ‘ममीको ब्लाउज ठूलो भए पनि त्यो लगाएर ऐना हेर्ने, नक्कल पार्ने, ऐना अगाडि उभिएर अभिनय गर्ने गर्थें ।’

पढ्दा साडी, पढाउदा साडी

सिन्धुपाल्चोकमा जन्मेहुर्केकी सुनिताले एसएलसी परीक्षाको नतिजा नआउन्जेल आफू पढेकै स्कुलमा पढाइन् । पढाउन जाँदा कुर्थासुरुवाल लगाइन् । कलेज जान थालेपछि उनको पहिरन साडी नै भयो ।

एसएलसी पास गरेपछि सुनिता काठमाडौँको पद्मकन्या कलेजमा भर्ना भइन् । बिहान भक्तपुरको गठ्ठाघरमा पढाउँथिइन् । दिउँसो कलेज जान्थिन् । उनले भनिन्, ‘स्कुलमा शिक्षिकालाई साडी अनिवार्य थियो । कलेजमा त साडी अनिवार्य भइगयो ।’

पढाउन जाँदा र पढ्न जाँदा साडी फेर्नु पर्थ्यो तर उनलाई कहिल्यै पनि झन्झट लागेन । यसरी नै उनले पाँच वर्ष पढाइन् ।

साडी बुटिकका

सुनिताको साडी किन्ने कुनै निश्चित ठाउँ छैन । उनी नेपालमा हुँदा प्रायशः बुटिकको साडी लगाउँछिन् ।

उनी डिल्लीबजारको एमके फेसन हाउस, जुम फेसन, उत्तम क्रिएसन, रुबीज कलेक्सनलगायतका बुटिकका साडीमा सजिएकी हुन्छिन् ।

छैन ब्राण्ड मोह

अधिकांश महिलाहरूको ध्यान ब्राण्डेड साडीमा हुन्छ । यो मामलामा सुनिता फरक छिन् । भन्छिन्, ‘मलाई मन पर्‍यो भने तीन सय रुपैयाँको साडी पनि लगाएर पार्टीमा जान्छु । महँगो नै राम्रो हुन्छ भन्ने छैन ।’

काठमाडौँको सिफलस्थित सरु ढाका उद्योगले उत्पादन गर्ने ढाकाको साडीमा सुनिताको विशेष रुची छ । डिजाइन र गुणस्तरले आकर्षण गर्ने भएकाले ढाकाको साडी चाहिए सरु ढाका नै सम्झन्छिन् ।

उपहार साडी नै साडी

सुनिता साडीमा किन्नमा कति खर्च गर्छिन् भन्ने चासो जोकोहीलाई हुनसक्छ । उनका अनुसार खर्चको कुनै सीमा छैन । तीजमा साडीमा केही खर्च भए पनि अरू समयमा ब्राण्ड प्रवर्द्धनका लागि बुटिकहरूले उपहारमा साडी दिँदा रहेछन् ।

‘तीन चार वर्ष भयो, मैले साडी किन्नुपरेको छैन,’ सुनिता भन्छिन्, ‘बुटिकले दिएका साडी लगाउँदा त्यसको बजार प्रवद्र्धन हुने भएकाले उहाँहरूले दिएकै लगाउने गरेकी छु ।’

सङ्गीत साइनो

सुनिताको पहिचान भनेकै गीतसङ्गीत हो । लोकदोहोरी र तीज गीतमा उनका गीतहरू श्रोता तथा दर्शकले सुनिरहन्छन् र हेरिरहन्छन् । २०५९ सालमा व्यावसायिक रूपमा गायन शुरू गरेकी सुनिताले पहिले लोकदोहोरी एलबम ल्याइन् । उनको पहिलो तीज गीत चाहिँ ‘चेलीको माइतीघर’ हो ।

उनको पछिल्लो सिर्जना ‘बाँसको कप्टेरो’ दर्शकले निकै मनपराएका छन् । हालसम्म करिब ३० वटा एलबम बजारमा ल्याएकी छन् । उनी भन्छिन्, ‘वर्षमा दोहोरीको दुई–तीनवटा एलबम रिलिज गर्छु । एउटा तीज गीत चाहिँ प्रत्येक वर्ष अनिवार्य झैँ भएको छ ।’

सञ्चारकर्ममा सुनिता

पढाउने र गाउनेमात्र होइन, सुनितासँग सञ्चारकर्मको अनुभव पनि छ । उनले रेडियो नेपालको १०० मेगाहर्ज, स्टार एफएम र ईसीआर एफएममा कार्यक्रम चलाइन् । सुनिता नेपाल टेलिभिजनमा ‘सुसेली’ र इमेज च्यानलमा ‘उकाली ओराली’ कार्यक्रमबाट पनि उत्तिकै लोकप्रिय भइन् ।

अभिनयमा छैन रहर

सुनिताको बोल्ने शैली र उनको रूपबाट प्रभावित नहुने विरलै होलान् । सुनितालाई अभिनयमा भने कहिल्यै रुची जागेन । ‘विद्यालयमा हुँदा खुबै नाँचियो, तर अभिनयतिर कहिल्यै ध्यान नै गएन’, उनी भन्छिन्, ‘मलाई फिल्ममा अभिनयको अफर पनि आएको हो । रुची नै नभएपछि चासो दिइनँ ।’

विवाह कहिले

सुनिता अविवाहित छन् । बिहेको कुरा नउठ्ने होइन तर चाँडै बिहे गर्ने योजना छैन । उनले भनिन् ‘अहिलेलाई विवाहको खासै सोच छैन ।’

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  १ : २९ बजे

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै