आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो « Khabarhub

आईपीएल : कोलकाताले पञ्जाबलाई हरायो


१४ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ ।

पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो ।

पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७  रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।

पञ्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दीपक होडाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।

पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए ।

जितसँगै कोलकाता पाँचौँ स्थानमा उक्लिएको छ । कोलकाताले ६ खेलमा ४ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ६ : २५ बजे

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– सांसदले दैनिक उपभोग्य वस्तुमा अस्वभाविक मूल्य वृद्धि र कालोबजारी

बालेनको पहलले नबढेको सेयर बजार, स्वर्णिमको कार्ययोजनाले बढ्यो

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र चलायमान बनाउन श्रृंखलाबद्ध छलफल तथा

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर