ब्लड प्रेशर बढ्दा के खाने के नखाने ? | Khabarhub Khabarhub

ब्लड प्रेशर बढ्दा के खाने के नखाने ?



उच्च रक्तचाप व्यवस्थापनका लागि सिफारिस गरिएको खानपान व्यवस्थालाई चिकित्सा विज्ञानमा दाश खानपान विधि भनिन्छ । यो खानपान विधिलाई उच्च रक्तचापको रोकथाम र उपचार एवं मुटु रोगको जोखिम कम गर्नका लागि प्रयोग गर्ने गरिन्छ । आज युरोप र अमेरिका जस्ता विकसित  देशहरूमा उच्च रक्तचापको उपचारका लागि अनिवार्य रूपमा दाश खानपान खान सल्लाह दिइन्छ ।

के हो दाश खानपान ?

दाश खानपान पद्धति पाश्चात्य समाजका लागि नौलो भए पनि दक्षिण एसियालीहरूका लागि नौलो खाना होइन । युरोप एवं अमेरिकामा उच्च रक्तचाप महामारीको रूपमा फैलिन थालेपश्चात त्यहाँका वैज्ञानिकहरूले यो रोगको प्रकोप कम भएको समुदायको अध्ययन गर्दा ती समुदायमा विशेष प्रकारको खानपान अभ्यास भएको पाइयो । पछि अध्ययन गर्दा यसरी पूरै समुदायकै रक्तचाप कम हुनुमा उहाँहरूको खानपान र जीवनशैलीलाई जिम्मेवार ठहराइयो । वैज्ञानिक अध्ययन पश्चात सोही खानपान पद्धतिलाई परिष्कृत एवं वैज्ञानिक बनाएर दाश खानपान नामाकरण गरियो ।

दाश खानपान पद्धति मूलतः शाकाहारी खानपान पद्धति हो । यस पद्धतिका प्रचुर मात्रामा सागशब्जी र फलफूलहरू खाने, नुन, चिनी एवं चिल्लोको प्रयोग अत्यन्त कम गर्ने, मदिरापान नगर्ने र मांसाहार नगरी नहुनेहरूका लागि रातो मासु, फलमासु वा बोसो भएको ठूला जनावरका मासु नखाएर दुब्ला पातला जनावरको ९रातोमासु र बोसो भएको०मासु छोडेर अन्य अङ्गको मासु खान वा माछा खान सल्लाह दिइन्छ ।

दाश खानपान किन ?

दाश खानपानले उच्च रक्तचाप घटाउनुका साथै तौल कम गर्ने, क्यान्सरको खतरालाई न्यूनीकरण गर्ने, मुटुरोगको जोखिम कम गर्ने, कोलेस्टे्रोल कम गर्ने लगायत पाचन र उत्सर्जन प्रणालीलाई समेत फाइदा पुर्‍याउने तथ्यहरू उजागर भएका छन् ।

दाश खानपानका फाइदाहरूः

. उच्च रक्तचाप कम गर्नेः दाश खानपानको अभ्यासले रक्तचाप बढेकाहरूको रक्तचाप घटाउँछ भने नबढेकाहरूको रक्तचाप बढ्न दिँदैन । रक्तचापको अन्य जोखिम कारक तत्वहरू जस्तै मोटोपन, नुनको सेवन, तनाव आदीलाई नहटाउँदा पनि दाश खानपान एक्लैले रक्तचाप कम गर्ने गर्छ । दाश खानपानका साथसाथै नुनलाई पनि कम गर्दा रक्तचाप अझै कम हुन्छ ।

. तौल कम गर्न सहयोग गर्छः दाश खानपान तौल घटाउने मनसायले तयार गरिएको खानपान पद्धति नभए पनि यो खाद्य अभ्यासले तौल पनि घट्छ । उच्च रक्तचापको एउटा कारक तत्व मोटोपन पनि हो । उच्च रक्तचाप भएकालाई मोटोपन भए मोटोपन कम गर्ने सल्लाह दिइन्छ । उच्च रक्तचाप कम गर्ने क्रममा दाश खानपानमा रहे तौल पनि कम हुन्छ । यसो हुनुमा दाश खानपानको प्राकृतिक नुन, चिनी, मैदा र चिल्लोयुक्त हुनु हो ।

. मुटुरोगको जोखिम कम गर्ने : दाश खानपानले मुटुरोगको जोखिमलाई कम गर्छ ।

. क्यानसरको जोखिम घटाउने : दाश खानपानमाथि भएका अनुसन्धान र समीक्षाहरूले यो खानपान पद्धतिलाई क्यान्सर प्रतिरोध पद्धतिको रूपमा चित्रण गरेको छ ।

. मष्तिस्क घातको जोखिम कम गर्नेः दाश खानपान गर्नेलाई मष्तिस्क घातको जोखिम पनि घटेर जाने तथ्य विभिन्न अनुसन्धानहरूले दर्शाएको छ ।

. मेटाबोलिक सिन्ड्रोमको जोखिम कम गर्ने : यी पाँच रोगहरू उच्च रक्तचाप, उच्च रक्त ट्राइग्लिसराइड, मधुमेह, बढेको भुँडी र निम्नरक्त एच.डी.एल कोलेस्टेरोलमध्ये तीन रोगहरू भएको अवस्थालाई मेटाबोलिक सिन्ड्रोम भनिन्छ । दाश खानपानको अभ्यासले मेटाबोलिक सिन्ड्रोमको जोखिम कम भएर जान्छ ।

. मधुमेहको जोखिमलाई कम गर्दछः टाइप–२ मधुमेहको जोखिमलाई पनि दाश खानपानको अभ्यासले राम्रो गर्दछ । यसका अतिरिक्त दाश खानपानको अभ्यासले इन्सुलिन प्रतिरोधकतालाई कम गर्ने र संवेदनशीलतालाई बढाउने गर्छ ।

के के खाने ? कतिखाने ?

. सग्लो अन्नको परिकारः ३ देखि ४ सर्भिङ्ग प्रतिदिन सग्लो अन्न जस्तै- गहुँको पाउरोटी, रातो चामलको खिचडी दलिया, किन्वा, ओट कर्नलेक, भुटेको मकै भट्टमास, हरियो मकै, आदीको खाजा लिन सकिन्छ।

एक सभिङ्गको उदाहरणः

–एउटा सग्लो गहूँको पाउरोटी एउटा चाना ।

–मकै भट्टमास, भुटेको गहुँ, भूटेको चना मटर आदि ३० ग्राम ।

–आधाकप (९५ ग्राम) रातो चामलको भात वा कागुनोको भात ।

. सागपात एवं तरकारी स् चारदेखि पाँच सर्भिङ्ग प्रतिदिन : दाश खानपानमा ज्यादाभन्दा ज्यादा र सबै प्रकारका रङ्गीचङ्गी सागपात एवं तरकारीहरू खान सिफारिस गरिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक कप वा ३० ग्राम पालुङ्गो र साग ।

–आधा कप (४५ ग्राम) काचै खानमिल्ने भए काचो र पकाएर खान पर्ने भए पाकेको ब्रोकाउली, गाजर, स्कुस, टमाटर, चुकन्दर आदि ।

. फलफूल ४ देखि ५ सर्भिङ्ग प्रतिदिनः

फलफूलको सेवनलाई दाश खानपानमा खुब प्राथमिकता दिइन्छ । फलफूलको हिसाबले अलग अलग फलफूलको अलग अलग सर्भिङ्ग साइजहरू छन् ।

एक सभिङ्ग साइजको उदाहरणः

–एउटा मध्यम आकारको स्याउ

–चौथाई कप (५० ग्राम) सूख्खा खुर्पानी ।

–आधाकप (३० ग्राम) ऐसेलु, आलूबखडा, स्ट्रोबेरी कालो अङ्गूर जस्ता फलफूल ।

. दूध एवं दुग्ध जन्यपदार्थः दुईदेखि तीन सर्भिङ्ग प्रतिदिन

दाश खानपानमा खाइने दुध एवं दुग्धजन्य पदार्थमा चिल्लोको मात्रा हुनु हुँदैन वा अत्यन्तै कम हुन्छ । यसरी चिल्लो काढिएको दूधलाई स्किम्ड मिल्क भनिन्छ ।

एक सभिङ्ग साईजको उदाहरणः

–एक कप २४० मि.लि. कम चिल्लो भएको दूध ।

–दही खाँदा एक कप २८५ मि.ली. कम चिल्लो भएको दही ।

–पनिर खादाँ ४५ ग्राम पनिर

. सुख्खा फलफूलः सुख्खा फलफूलमा धेरै चिल्लो हुने हुँदा जथाभावी खानु हुँदैन । हप्ताको ४ देखि पाँच सर्भिङ्ग भन्दा ज्यादा नखाएकै राम्रो । सुख्खा फलफूलहरूमा बदाम, मुङ्गफली, कटुस, ओखर, सूर्यमुखीको बियाँ, आलसको दाना, राजमा, मुसुरो, मटर आदि लिन सकिन्छ ।

एक सभिङ्ग साइजको उदाहरणः

–एक तिहाइ कप ५० ग्राम सुख्खा फलफूल ।

–२ चम्चा ३० ग्राम पिनट बटर ।

–१ चम्चा १५ ग्राम भुटेको आलस ।

–आधाकप ४० ग्राम पकाएको गेडागुडी

तेल, घिउ र चिल्लो पदार्थ उच्च रक्तचापका रोगीलाई धेरै चिल्लो खाने सल्लाह दिइँदैन । खानै पर्दा अन्य चिल्लोपदार्थ छाडेर वनस्पति तेल खानुपर्छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : २५ बजे

बढ्यो डिजेल र मट्टितेलको भाउ, प्रतिलिटर १५३ रुपैयाँसम्म पर्ने

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको

चोरीका गहनासहित सुनचाँदी पसले पक्राउ

बागमती – चोरीका सुनचाँदीका गरहनासहित मकवानपुर प्रहरीले आज सुनचाँदी पसलेसहित

स्थानीय तह उपनिर्वाचन : कांग्रेसले चयन गर्‍यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसले आगामी मङ्सिर १६ मा हुने स्थानीय

बैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यवसायिक बनाइनुपर्छ : गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको

साप्ताहिक ब्रिफिङ : भैरहवामा सकियो रविको बयान, कांग्रेसका सांसद् र मन्त्रीको जुवारी, बंगलादेशमा विद्युत बिक्री सुरु

साप्ताहिक राजनीतिक खबर  उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय