तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान « Khabarhub

तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आह्वान


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ ।

मनसुनी वायुकै प्रभावले आज दिउँसो देशभरका तीन प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही वाग्मती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

‘प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

यस्तो छ तीन दिनको पूर्वानुमान

असार १३ गते आईतबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राति:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र  वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

असार १४ गते सोमबार

दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।

राति:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

२०७८ असार १५ गते मंगलबार

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ  ।

राति:  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ७ : १० बजे

सुनसरीमा गोली लागेर एक जनाको मृत्यु

काठमाडौं – सुनसरीमा गोली लागेर एक जनाको मृत्यु भएको छ।

बीपी राजमार्ग : रोशीखोला बगरैबगरको यात्रा (तस्बिरहरू)

काभ्रे– गत वर्षको असोज दोश्रो साता आएको बाढीपहिरोले क्षतिग्रस्त बीपी

सन् २०२५ : ‘ऊनको स्वीटर’ र दुर्गेशका गीतको वर्चस्व

काठमाडौं – सन् २०२५ बुधबार रातिबाट बिदा भएकाे छ ।

डलर सटहीको प्रलोभन देखाएर ठगी गर्ने हिरोहमा संलग्न चार जना पक्राउ

काठमाडौं – सिन्धुपाल्चोक प्रहरीले सस्तो दरमा डलर सटही गरिदिने भन्दै

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ