ताइवानमा कुनै हस्तक्षेप नगर्न अस्ट्रेलियालाई चीनको चेतावनी | Khabarhub Khabarhub

ताइवानमा कुनै हस्तक्षेप नगर्न अस्ट्रेलियालाई चीनको चेतावनी


१३ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– चिनियाँ सरकारी सञ्चारमाध्यमले ताइवानसँगको कुनै सैन्य विवादमा संलग्न भए ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ ।

चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको सम्पाकीयको शीर्षकमा लेखिएको छ, ‘अस्ट्रेलियाको शक्तिलाई रोक्न चीनले नयाँ योजना बनाउनुपर्छ ।’

ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले ताइवानको सम्भावित सैन्य विवादमा संलग्न भएमा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन् । उनले चीनलाई अस्ट्रेलियाको शक्तिलाई पारस्त गर्ने योजना बनाउन समेत सरकारलाई सुझाएका छन् ।

ताइवानमा अस्ट्रेलियाले सैन्य गतिविधिहरु सञ्चालन गर्न खोजेका कारण यसलाई रोक्नुपर्नेसमेत उनले बताएका छन् । अस्ट्रेलियाले ताइवानमा आफ्नो सेना पठाउनसक्ने भएकोले लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गर्नका लागि पीपुल्स लिब्रेसन आर्मी (पीएलए) तयार रहनुपर्नेसमेत उनले बताएका छन् ।

चीनले शान्ति चाहेको उल्लेख गर्दै अस्ट्रेलियाले कुनै हस्तक्षेप गर्न खोजेका अवस्थामा विपत्ति निम्तिनेसमेत चेतावनी दिएका छन् ।

पछिल्लो समय ताइवानले आफू स्वतन्त्र भएको दाबी गर्दै अन्य मुलुकहरुसँग पनि कूटनीतिक र सैन्य सम्बन्धलाई बढाउँदै लैजाने रणनीति लिएको छ । तर, चीनले भने ताइवाना आफ्नो एक हिस्सा भएका कारण कुनै विदेश हस्तक्षेत्र हुन नहुने र स्वतन्त्र मुलुकको हैसियत प्रदान नगर्न चेतावनी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ८ : ४४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर