गण्डकीका ६ स्थानीय तहको बजेट प्रभावित « Khabarhub

गण्डकीका ६ स्थानीय तहको बजेट प्रभावित

कतै बाढीपहिरो कतै केन्द्र विवाद



पोखरा– गण्डकी प्रदेशका विभिन्न ६ स्थानीय तहको बजेट आउन सकेको छैन । गण्डकी प्रदेशमा रहेका ८५ वटा स्थानीय तहमध्ये बाढीपहिरो, कोरोना संक्रमण तथा प्रशासनिक केन्द्र विवादका कारण ६ वटा स्थानीय तहले तोकिएको समयमा बजेट ल्यान नसकेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ अनुसार असार १० भित्र बजेट ल्याउनुपर्ने प्रावधान छ । स्थानीय तहको गाउँ तथा नगरसभामा पेश गरिएको बजेट १५ दिनभित्र छलफल भइ असार मसान्तभित्र पारित हुनुपर्ने व्यवस्था छ ।

यद्यपि असार नलाग्दै शुरु भएको मनसुनले गर्दा आएको बाढीले विभिन्न स्थानीय तहको बजेट कार्यक्रम प्रभावित भएको छ ।

असार १ गते आएको बाढीले गर्दा मनाङ्को तीन गाउँपालिका पूर्ण रुपमा प्रभावित भयो । बाढीले गाउँपालिका भवनदेखि स्वास्थ्य कार्यालयसमेत बगाएको थियो ।

बाढीले गाउँपालिका बगाएपछि बजेट प्रभावित

बाढीबाट अति प्रभावित मनाङ् जिल्लामा एक गाउँपालिकाले भर्चुअल माध्यामबाट बजेट सार्वजनिक गरेको छ भने सदरमुकामस्थित चामे गाउँपालिका र नार्पाभूमी गाउँपालिकाले बाढीकै कारण बजेट ल्याउन सकेको छैन ।

असार १ गते मस्र्याङ्दी नदीमा अएको बाढीले मनाङ्को नासो गाउँपालिकाको कार्यालय बगायो । असार १ गतेको बाढीले मनाङको धारापानीस्थित नासों गाउँपालिकाको कार्यालय बगाउँदा स्थानीय मात्र नभई कर्मचारीसमेत बाढीबाट प्रभावित हुन पुगे ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट र चालु आर्थिक बर्षका योजनाहरु फरफारकको काममा कर्मचारीहरु व्यस्त भइरहँदा मस्र्याङ्दी नदीमा आएको बाढीले गाउँपालिकाको कार्यालय भत्काएको थियो ।

यद्यपि प्रकोपका बाबजुद पनि प्रभावित नासो गाउँपालिकाको बजेट गाउँसभामा पेश गरी केन्द्रमा पठाइसकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वबन्धु रेग्मीले बताए ।

कतिपय पालिकाले बाढीपहिरोका बाबजुत जर्बजस्त ल्याएको बजेट असार मसान्तसम्म छलफल गरेर पारित गर्ने योजना बनाएका छन् । असार २ गतेको बाढीले गाउँपालिका भवनसहित प्रहरी कार्यालय, स्वास्थ्य कार्यालय तथा बैंक रहेको भवनसमेत बगाएको थियो ।

चुमनुब्रीमा बाढीले प्रभावित, आरुघाटमा प्रमुखलाई कोरोना

गोरखाको दुई स्थानीय तहमा पनि बाढीपहिरो र कोरोना संक्रमणका कारण आगामी आ.व.२०७८/७९ को बजेट प्रभावित भएको छ ।
उत्तरी गोरखाका चुननुब्री गाउँपालिकामा बाढी र पहिरोको समयस्याले गर्दा बजेट रोकिएको हो । पहिरोले बाटो अवरुद्ध हुनुका साथै सञ्चार सम्पर्कसमेत विच्छेद भएकाले गाउँसभा हुन सकेको छैन ।

यस्तै, आरुघाट गाउँपालिकाका प्रमुख पूर्णबहादुर दाहाललाई कोरोना संक्रमण भएकाले गाउँसभा हुन सकेको छैन । दाहाललाई असार ८ गते कोरोना पोजेटिभ देखिएकाले गाउँसभा गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले बताए । असारको २०/२२ गतेतिर गाउँसभा डाकिने उनले जानकारी दिए ।

भानु र शुक्ला गण्डकीको बजेट रोकियो

तनहुँको दुई नगरपालिकामा विवादका कारण बजेट प्रभावित भएको छ । भानु नगरपालिका र शुक्ला गण्डकी नगरपालिकामा बजेट आउन सकेको छैन ।

भानु नगरपालिकामा केन्द्र विवादका कारण नगरसभा हुन सकेको छैन । नगरपालिकाको कार्यालय फुस्रेटारबाट भन्सार सारिएपछि विवाद हुँदै आएको छ । नगरको प्रशासनिक भवनका विषयमा भएको विवादको विषयमा सर्वोच्च अदालतमै मुद्दा परेको छ ।

कोरोना संक्रमणको जोखिमका कारण नगरको नीति कार्यक्रम र बजेट तयारीका विषयमा कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । तनहुँकै शुक्ला गण्डकी नगरपालिकामा पनि आगामी आर्थिक वर्षको बजेट आउन सकेको छैन ।

असार ९ गते एक वडा सदस्यको निधन भएका कारण शोक प्रस्ताव पारित गरेर नगरसभा स्थगित गरिएको कार्यपालिका सदस्य एवम् नगरपालिकाका प्रवक्ता खिमबहादुर कुमालले बताए । बजेट जनप्रतिनिधिहरुको हात हातमा पुर्याइसकिएको उनले दाबी गरे । स्थगित बैठक कहिले बस्ने टुंगो लागेको छैन । नगरपालिकाले नीति तथा कार्यक्रम भने पारित गरिसकेको छ ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  १ : ३९ बजे

यो हो ‘श्री बुकुरो’ र ‘बिगुल’को प्रदर्शन रोक्नुको कारण

काठमाडौं – हलमा न्यून संख्यामा दर्शक आएपछि फागुन १ बाट

चन्द्रागिरिसहित पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम प्रभावकारी

काठमाडौं– सरकारले पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रममार्फत

पुराना दलप्रति रविको आक्रोश : अब सबैलाई एकै पटक सिद्याएर सटर बन्द गर्ने हो

धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना सबै दललाई

विश्वकपमा १२ वर्षपछिको जित : दीपेन्द्रको प्रभाव र सोमपालको कमब्याकले दिलाएको खुसी

काठमाडौं– नेपालले तेस्रो पटक आईसीसी पुरुष टी–२० विश्वकप खेल्दा सुपर–८

धनगढीमा बालेन्द्रको सम्बोधन : सुदूरपश्चिमका गीत काठमाडौंका चोकचोकमा बजाउनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सुदूरपश्चिम अझै