बोल्डनेस र इन्टिमेट दृश्यले चर्चामा आएका यी फिल्म « Khabarhub

बोल्डनेस र इन्टिमेट दृश्यले चर्चामा आएका यी फिल्म


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आज तक)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रमाथि अश्लील फिल्म बनाएर रिलीज गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि पोर्न फिल्म बनाएको गम्भीर आरोप लागेको छ ।

राजको पक्षमा वकालत गर्दै आएका बहना वशिष्ठ र राज पत्नी शिल्पाले राजले पोर्न नभई एरोटिक फिल्म बनाउने गरेको दाबी गरेका छन् । राजलाई मंगलबार नै थप १४ दिन न्यायिक हिरासतमा राख्नका लागि मुम्बई उच्च अदालतले आदेश दिइसकेको छ ।

बलिउडमा पारिवारिक कथाका फिल्म हेर्ने एउटा जमात बढिरहँदा फिल्ममा बोल्डनेस र ग्ल्यामर फिल्म हेर्नेको संख्या पनि उल्लेख्य छ । बलिउडमा किसिङ दृश्य र इन्टिमेट दृश्यले भरिपूर्ण फिल्म हेर्ने चलन पुरानै हो । यसमा मल्लिका शेरावतदेखि लिएर अभिनेत्री रेखासम्मको संलग्नता रहँदै आएको छ ।

सन् १९८४ मा रिलिज फिल्म ‘उत्सव’ अभिनेत्री रेखाले कैयौं बोल्ड दृश्य दिएकी छन् । गिरिश करनाडको निर्देशन रहेको यो फिल्मको कथा एक यौनकर्मी र एक गरीब ब्राम्हणको भेटघाटमा आधारित छ । त्यसबेला यो फिल्म निकै विवादमा आएको थियो ।

मीरा नायरको निर्देशन रहेको फिल्म ‘कामासूत्रः अ टेल अफ लभ’ सन १९९६ मा रिलिज भएको थियो । फिल्मको नाम जस्तै यसमा कैयौं इन्टिमेट दृश्य थिए । फिल्ममा रेखा, इन्दिरा बर्मा, सरिता चौधरी प्रमुख भूमिकामा थिए । बोल्ड दृश्यका अलावा फिल्मको कथा पुष्टि गर्न केही सफ्ट कोर सेक्स दृश्य पनि राखिएको थियो ।

फिल्म ‘जिस्म’मा अभिनेत्री विपाशा बसु र अभिनेता जोन अब्राहमको बोल्ड दृश्य हेरेर दर्शकहरु चकित परेका थिए । यो फिल्मलाई बलिउडको ‘सबैभन्दा बोल्ड फिल्म’ का रुपमा चित्रण गरिएको थियो । फिल्ममा दुवै कलाकारबीच कैयौं प्रेमदृश्य देखाइएको थियो ।

फिल्म ‘जिस्म’ जस्तै ‘जिस्म २’मा पनि कैयौं इन्टिमेट दृश्य राखिएको थियो । यो फिल्ममा रणदीप हुड्डा, अरुणोदय सिंह र सनी लियोनीबीचको अन्तरंग दृश्यले दर्शकलाई बाँधेको थियो । सनीले यो फिल्ममा कैयौं बोल्ड प्रस्तुती र टपलेस दृश्य दिएकी थिइन् । तर उनको यो चरित्रले उनले दर्शकलाई आफूतिर तान्न सकिनन् ।

फिल्म ‘रागिनी एमएमएस’ एक हरर ड्रामा थियो । जसमा कैयौं बोल्ड दृश्य देखाइएको थियो । पवन कृपलानी निर्देशित फिल्ममा राजकुमार राव र कायनाज मोतिवाला प्रमुख भूमिकामा थिए ।

फिल्म ‘गर्लफ्रेण्ड’मा समलिंगी कथा देखाइएको थियो । जहाँ इशा कोप्पकिर र अमृता अरोडा प्रमुख भूमिकामा थिए । यो फिल्ममा दुई अभिनेत्रीले निकै बोल्ड दृश्य दिएका थिए । फिल्मको दृश्यका कारण विवाद पनि भएको थियो ।

सन् २०१२ मा रिलिज फिल्म ‘हेट स्टोरी’मा बद्लाको कथा देखाइएको थियो । यो फिल्ममा अभिनेत्री पाओली दामले कैयौं कामूक दृश्य दिएकी थिइन् । उनी अलग अलग मानिसहरुसँग लभ मेकिङ दृश्यमा देखिएकी थिइन् । यो एरोटिक थिम वाला प्लटमा यौन दृश्य र नग्नता बढी थियो । यो फिल्म हिट हुनुमा यसलाई पनि एक कारण मानिएको थियो ।

अभिनेता इमरान हाशमी र अभिनेत्री मल्लिका शेरावतले फिल्म ‘मर्डर’ मा बोल्ड दृश्य दिएर निकै चर्चा बटुलेका थिए । फिल्मको कथा मल्लिकाको अतिरिक्त वैवाहिक सम्बन्ध वरपर घुमेको थियो । फिल्ममा मल्लिका र इमरानको बोल्ड दृश्यले एउटा हद नै पार गरेको थियो । फिल्ममा मल्लिकालाई टपलेस पनि देखाइएको थियो । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

फिल्म ‘मर्डर २’मा इमरान हाशमीले ज्याकुलिन फर्नान्डिजसँग कैयौं बोल्ड दृश्य दिए । फिल्मको गीत पनि निकै बोल्ड बनाइएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : २० बजे

सुनसरी-४ का सांसद दीपक साहलाई उद्योगमन्त्रीमा पठाउने तयारी

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट निर्वाचित सांसद दिपक

कारागारका कैदीबन्दीद्वारा रसुवा बाढीपीडितलाई राहत

काठमाडौं– काठमाडौको सुन्धारास्थीत केन्द्रीय कारागारमा रहेका कैदीबन्दीहरुले रसुवा बाढी पीडितका

बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौं– रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका

गाजामा इजरायली आक्रमण, एकै परिवारका चार जनाको मृत्यु 

एजेन्सी– गाजामा विहीबार भएको इजरायली आक्रमणमा दुई बच्चासहित एउटै परिवारका

राष्ट्रपति कार्यालयका प्रवक्ता भन्छन् : कोही पनि मन्त्री बन्नेबारे हामीलाई पत्र आएको छैन

काठमाडौं- राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले कोही पनि मन्त्री बन्ने