बोल्डनेस र इन्टिमेट दृश्यले चर्चामा आएका यी फिल्म | Khabarhub Khabarhub

बोल्डनेस र इन्टिमेट दृश्यले चर्चामा आएका यी फिल्म


१२ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आज तक)– बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रमाथि अश्लील फिल्म बनाएर रिलीज गरेको आरोपमा पक्राउ गरिएको छ । उनीमाथि पोर्न फिल्म बनाएको गम्भीर आरोप लागेको छ ।

राजको पक्षमा वकालत गर्दै आएका बहना वशिष्ठ र राज पत्नी शिल्पाले राजले पोर्न नभई एरोटिक फिल्म बनाउने गरेको दाबी गरेका छन् । राजलाई मंगलबार नै थप १४ दिन न्यायिक हिरासतमा राख्नका लागि मुम्बई उच्च अदालतले आदेश दिइसकेको छ ।

बलिउडमा पारिवारिक कथाका फिल्म हेर्ने एउटा जमात बढिरहँदा फिल्ममा बोल्डनेस र ग्ल्यामर फिल्म हेर्नेको संख्या पनि उल्लेख्य छ । बलिउडमा किसिङ दृश्य र इन्टिमेट दृश्यले भरिपूर्ण फिल्म हेर्ने चलन पुरानै हो । यसमा मल्लिका शेरावतदेखि लिएर अभिनेत्री रेखासम्मको संलग्नता रहँदै आएको छ ।

सन् १९८४ मा रिलिज फिल्म ‘उत्सव’ अभिनेत्री रेखाले कैयौं बोल्ड दृश्य दिएकी छन् । गिरिश करनाडको निर्देशन रहेको यो फिल्मको कथा एक यौनकर्मी र एक गरीब ब्राम्हणको भेटघाटमा आधारित छ । त्यसबेला यो फिल्म निकै विवादमा आएको थियो ।

मीरा नायरको निर्देशन रहेको फिल्म ‘कामासूत्रः अ टेल अफ लभ’ सन १९९६ मा रिलिज भएको थियो । फिल्मको नाम जस्तै यसमा कैयौं इन्टिमेट दृश्य थिए । फिल्ममा रेखा, इन्दिरा बर्मा, सरिता चौधरी प्रमुख भूमिकामा थिए । बोल्ड दृश्यका अलावा फिल्मको कथा पुष्टि गर्न केही सफ्ट कोर सेक्स दृश्य पनि राखिएको थियो ।

फिल्म ‘जिस्म’मा अभिनेत्री विपाशा बसु र अभिनेता जोन अब्राहमको बोल्ड दृश्य हेरेर दर्शकहरु चकित परेका थिए । यो फिल्मलाई बलिउडको ‘सबैभन्दा बोल्ड फिल्म’ का रुपमा चित्रण गरिएको थियो । फिल्ममा दुवै कलाकारबीच कैयौं प्रेमदृश्य देखाइएको थियो ।

फिल्म ‘जिस्म’ जस्तै ‘जिस्म २’मा पनि कैयौं इन्टिमेट दृश्य राखिएको थियो । यो फिल्ममा रणदीप हुड्डा, अरुणोदय सिंह र सनी लियोनीबीचको अन्तरंग दृश्यले दर्शकलाई बाँधेको थियो । सनीले यो फिल्ममा कैयौं बोल्ड प्रस्तुती र टपलेस दृश्य दिएकी थिइन् । तर उनको यो चरित्रले उनले दर्शकलाई आफूतिर तान्न सकिनन् ।

फिल्म ‘रागिनी एमएमएस’ एक हरर ड्रामा थियो । जसमा कैयौं बोल्ड दृश्य देखाइएको थियो । पवन कृपलानी निर्देशित फिल्ममा राजकुमार राव र कायनाज मोतिवाला प्रमुख भूमिकामा थिए ।

फिल्म ‘गर्लफ्रेण्ड’मा समलिंगी कथा देखाइएको थियो । जहाँ इशा कोप्पकिर र अमृता अरोडा प्रमुख भूमिकामा थिए । यो फिल्ममा दुई अभिनेत्रीले निकै बोल्ड दृश्य दिएका थिए । फिल्मको दृश्यका कारण विवाद पनि भएको थियो ।

सन् २०१२ मा रिलिज फिल्म ‘हेट स्टोरी’मा बद्लाको कथा देखाइएको थियो । यो फिल्ममा अभिनेत्री पाओली दामले कैयौं कामूक दृश्य दिएकी थिइन् । उनी अलग अलग मानिसहरुसँग लभ मेकिङ दृश्यमा देखिएकी थिइन् । यो एरोटिक थिम वाला प्लटमा यौन दृश्य र नग्नता बढी थियो । यो फिल्म हिट हुनुमा यसलाई पनि एक कारण मानिएको थियो ।

अभिनेता इमरान हाशमी र अभिनेत्री मल्लिका शेरावतले फिल्म ‘मर्डर’ मा बोल्ड दृश्य दिएर निकै चर्चा बटुलेका थिए । फिल्मको कथा मल्लिकाको अतिरिक्त वैवाहिक सम्बन्ध वरपर घुमेको थियो । फिल्ममा मल्लिका र इमरानको बोल्ड दृश्यले एउटा हद नै पार गरेको थियो । फिल्ममा मल्लिकालाई टपलेस पनि देखाइएको थियो । यो फिल्म बक्सअफिसमा हिट साबित भएको थियो ।

फिल्म ‘मर्डर २’मा इमरान हाशमीले ज्याकुलिन फर्नान्डिजसँग कैयौं बोल्ड दृश्य दिए । फिल्मको गीत पनि निकै बोल्ड बनाइएको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ३ : २० बजे

गुजरातलाई हराउँदै आरसिबी आईपिएलको सातौं स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)को अंक तालिकाको पुछारमा रहेको

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको