४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप « Khabarhub

४२ दिनमा प्रदीपको ‘प्रकाश’ प्याकअप


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षक बन्ने सपना साँचेका एक युवाको कथा समेटिएको फिल्म ‘प्रकाश’को सम्पूर्ण छायांकन पुरा भएको छ । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म युनिटले जुम्लामा ४२ दिनमा सुटिङ पुरा गरेको हो ।

दिनेश राउत निर्देशित फिल्ममा प्रदीपको अपोजिटमा रेनु योगी छिन् । रेनुले यसै फिल्ममार्फत फिल्मी अभिनयमा पाइला चालेकी हुन् ।

फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी‘आँपे’, हुम विसी, प्रशान्त श्रेष्ठ, गोविन्द सुनवार, दीपेन्द्र शाही लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

निर्देशक राउतले निम्न वर्गीय परिवारमा हुर्किएको एक युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्ने संघर्षको कथालाई फिल्ममा देखाइने बताए ।

विनिश इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्ममा महेन्द्र अधिकारीको लगानी छ ।

फिल्ममा राजेश श्रेष्ठको छायांकन, विकास सुवेदीको कथा, ,अनुप बरालको कास्टिङ डाइरेक्सन र ताराप्रकाश लिम्बु, एलिस कार्की, दीपक शर्माको संगीत छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ३० बजे

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन

रिगा- छिमेकी रुसबाट उत्पन्न सुरक्षा चुनौती र बढ्दो जीवनयापन खर्चका

विद्युत सेवा चुस्त बनाउन प्राधिकरणका कर्मचारीलाई मन्त्री श्रेष्ठको निर्देशन

हेटौँडा – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन