पुरानै धारमा फर्किदै मर्स्याङ्दी « Khabarhub

पुरानै धारमा फर्किदै मर्स्याङ्दी


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ– सदरमुकाम चामे स्थित मर्स्याङ्दी नदीमाथिको मोटरेवल पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सफा गर्ने काम भइरहेको छ । सशस्त्र प्रहरीले पुलमा अड्किएका काठ, ढुङ्गा र बालुवा सफा गर्दै गएपछि मर्स्याङ्दी नदी पुरानो धारमा फर्किने क्रममा छ ।

सोमबार मौसममा केही सुधार भएकाले काम गर्न सहज भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए। “पुलको संरक्षण पनि हुने र बाढी बस्तीमा पस्न नपाउने बनाउनका लागि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा फाल्ने काम भइरहेको छ, यो पुरै निकाल्न सक्यौं भने पुरानो धारमा फर्किनेछ भन्ने अपेक्षा गरेका छौं”, प्रजिअ लामिछानेले भने ।

जेठ ३१ गते रातिदेखि परेको वर्षापछि आएको बाढीले ल्याएको फोहोरमैला पुलमा अड्किएर पानी जाने बाटो नहुँदा मर्स्याङ्दीले धार परिवर्तन गरेको थियो ।

मौसम अनुकुल भएपछि पुलमा अड्किएको काठ, ढुङ्गा र बालुवा सरसफाई गरिएपछि नदीको धार लयमा आउने अवस्थामा रहेको सशस्त्र प्रहरी मनाङका प्रहरी नायव उपरीक्षक होमनाथ पन्थीले बताए । पुलमा फोहोर अड्किदा नदीको पानी छिर्ने ठाउँ नभएपछि बाढीले बस्तीतर्फ कटान गरेको हो ।

“बाढीले ल्याएका काठ काट्ने र साना बनाउँदै छेउतर्फ लगिएको छ, ढुङ्गा हटाउनका लागि डोजर प्रयोग गरिएको छ, विपद्को सामना गर्नका लागि जिल्लाका सुरक्षा समितिहरु पूर्ण रुपमा लागिपरेको छ”, उनले भने ।

नदीलाई पुरानो धारमा फर्काउन सकिएमा बस्ती बचाउन सकिने उनले बताए । नदीले बस्तीतर्फ कटान गर्दा भने उक्त क्षेत्रमा जोखिम बढेको छ । नदीलाई पुरानो धारमा पुर्‍याउन सकेमा बस्तीतर्फको जोखिम कम हुनेछ । –रासस

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ९ : ३० बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा