लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई जस्तापाता सहयोग « Khabarhub

लोकगीत प्रतिष्ठानद्वारा बाढीपीडितलाई जस्तापाता सहयोग


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले सिन्धुपाल्चोकको हेलम्बुका बाढीपीडितलाई राहत वितरण गरेको छ ।

प्रतिष्ठानको केन्द्रीय समतिले जिल्ला समितिसँग समन्वय गरेर हेलम्बु–१ र २ का ३२ परिवारलाई ३२ वण्डल जस्तापाता हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानले आफ्नो खातामा रहेको रकम र अन्य व्यक्तिबाट सहयोग जुटाइ राहत वितरण गरेको हो । प्रतिष्ठान केन्द्रीय समितिको रु एक लाख, महेश रेग्मीले रु एक लाख, वाग्मती प्रदेश कार्यसमितिको रु २५ हजार, योगेश लामाको पहलमा विभिन्न व्यक्तिबाट रु एक लाख र अन्य नगद र जिन्सी समेत गरी रु पाँच लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

अध्यक्ष बिजी निवर्तमान अध्यक्ष बद्री पंगेनी, गायक रमेशराज भट्टराईसहितको टोली राहत लिएर बाढी प्रभावित क्षेत्र पुगेको थियो ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ८ : १५ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र