कछुवाको खपेटा सहित ३ जना भारतीय नागरिक पक्राउ « Khabarhub

कछुवाको खपेटा सहित ३ जना भारतीय नागरिक पक्राउ


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कछुवाको खपेटासहित प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका-३२ मझुवाबाट १ थान कछुवाको खपेटासहित प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भारत घर भई स्याङ्जा गल्याङ बजार बस्ने १९ वर्षीय पिन्टु सहनी, २० वर्षीय देवनाथ सहनी र १८ वर्षीय किशोर रहेका छन् ।

रौतहटको गौरबाट पोखरातर्फ आउँदै गरेको ना.५ ख ४९९२ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरूलाई उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारबाहीका लागी डिभिजन वन कार्यालय कास्कीमा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ४५ बजे

टेम्केमैयुङमा ‘एक घर एक करेसाबारी’ कार्यक्रम

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई आयआर्जनमा जोड्ने उद्देश्यले ‘एक घर

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न

एलाइट कप क्रिकेट प्रतियोगिता बुधबारदेखि 

मोरङ– कोशी प्रादेशिक क्रिकेट सङ्घ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

गलकोट – बागलुङ नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको बागलुङ नगरपालिका–९