तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस « Khabarhub

तीन देशका लागि राजदूत र संसद अधिवेशन अन्त्यको सिफारिस


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको एकमन्त्रीले जानकारी दिए । उनका अननुसार भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लाग ज्ञानचन्द्र आचार्य सिफारिसलाई गरिएको छ ।

सरकारले यसअघि यी देशमा रहेका राजदूतलाई पदावधि नसकिँदै फिर्ता बोलाउने निर्णय गरेपछि यी देशहरु राजदूतबिहीन छन् । मन्त्रिपरिषदको सिफारिसपछि संसदीय विशेष सुनुवाई समितिबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

यस्तै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको चालु अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । संसदको चालु अधिवेशन गत भदौ २३ गते सुरु भएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि संसदले आफ्नो कार्यसम्पादन गर्नसमेत पाएको थिएन ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ५ : ५४ बजे

कर्णालीमा ‘दोस्रो प्रादेशिक मह महोत्सव’ सम्पन्न

कर्णाली– यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल