रञ्जन कोइरालालाई कैद छुट कानुनअनुसार : प्रधानन्यायाधीश राणा « Khabarhub

रञ्जन कोइरालालाई कैद छुट कानुनअनुसार : प्रधानन्यायाधीश राणा


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पत्नि हत्याका दोषी सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको कैद छुट गराउने फैसला कानुनअनसार नै नभएको बताएका छन् । प्राइमटाइम टेलिभिजनलाई बिहीबार दिएको अन्तर्वार्तामा राणाले कोइरालाले कारागार कानुन अनुसार ८ वर्षमात्र जेल बस्नुपर्नेमा अझ बढी बसेको बताए ।

उनले राष्ट्रपतिबाट दशैंको अवसरमा कोइरालाको कैद मिनाह हुने प्रक्रियामा जान लागेको बेला सर्वोच्चले छुट दिएको जिकिर गरे ।

प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले २०७७ को १५ असारमा कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्ष जेल बसे पुग्ने फैसला गरेको थियो । लगत्तै ८ साउनमा उनी डिल्लीबजार कारागारबाट छुटेका थिए । कैद सजाय घटाउँदा अदालतले प्रमाणभन्दा पनि पीडकप्रति सहानुभूति राखेर निर्णय गरेकाले प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीको न्याय सम्पादनमाथि प्रश्न उठेको थियो ।

सशस्त्र प्रहरीका तत्कालीन डिआइजी कोइरालाले २७ पुस ०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा उनले घाँटी थिचेर हत्या गरेको खुलेको थियो । हत्यापछि उनले प्लास्टिकमा बेरेर गीताको शव मकवानपुरको मेत्राङ पुर्‍याएर जलाएका थिए । ८ माघमा शव जले–नजलेको हेर्न जाँदा स्थानीयले उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका थिए । सोधपुछका क्रममा उनले हत्या गरेको स्विकारेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : २२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा