इन्धन ढुवानीका लागि साझाका पाँच ट्याङ्कर सञ्चालन | Khabarhub Khabarhub

इन्धन ढुवानीका लागि साझाका पाँच ट्याङ्कर सञ्चालन


१६ माघ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानीका लागि पाँच थान ट्याङ्कर आजदेखि सञ्चालनमा ल्याएको छ ।

सरकारी तथा सामाजिक संघसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो । करीब रु दुई करोड ५० लाखका लागतमा खरिद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ ।

काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ ।

ढुवानी सेवाको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले संस्थागत रुपमा प्रतिनिधित्व र राष्ट्रिय हितअनुरुपको सेवा दिन स्थापित संस्थाको आयआर्जनको मूल स्रोतका रुपमा आयल स्टोर रहेकाले संस्थाको क्षमता वृद्धिका साथै कारोवार बढोत्तरी गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुझाव दिँदै मन्त्रालयले गर्ने काममा संस्थालाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

उनले नेपाल आयल निगम एक्लैले पेट्रोलियम पदार्थ कारोवार गर्न नसक्ने भएकाले साझा सेवाले पनि इन्धन आपूर्तिको बेलाबखत हुने असहज अवस्थामा सर्वसुलभ र विश्वसनीय सेवा पुर्‍याउँदै आएको र कोभिड –१९ को महामारीसँगै बन्दाबन्दी अवस्थामा पनि अत्यावश्यक सवारी साधनलाई नियमित रुपमा सेवा दिँदै आएकामा सराहना गरे ।

आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थका क्षेत्रमा संस्थाले जनस्तरमा पुर्‍याएको योगदानको चर्चा गरे ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर भण्डारी, व्यवसायी लिलेन्द्र प्रधानलगायतले साझा सेवा सबैको साझा रहेको बताउँदै सरकारीस्तरमा खुलेको भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अगाडि बढ्न शुभकामना दिए ।

साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले निकट भविष्यमा विषादीरहित साझा तरकारी बजार, नियमित रुपमा खाद्य वस्तुका सुपथ मूल्यका पसल सेवा, विद्युतीय परिवहन चार्जिङ स्टेशन जस्ता सेवाको थालनी गरिने जानकारी दिए ।

 

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार  ४ : ३२ बजे

भारतको हरियाणा विधानसभा निर्वाचन, कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– भारतको हरियाणा राज्यको विधान सभामा भारतीय नेशनल कांग्रेसले सुरुवाती

तीनमन्त्री खुर्कोटसहित बाढी प्रभावित क्षेत्रको अवलोकनमा

सिन्धुली– संघीय तीन मन्त्रीले सिन्धुलीको बाढी प्रभावित क्षेत्रको अवस्थाका बारेमा

उखुको समर्थन मूल्य छिटो तोक्न सांसद चौधरीको माग 

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीले

भारतद्वारा बाढीपीडितका लागि सामग्री हस्तान्तरण

बाँके– भारतले नेपालका बाढीपीडितका लागि सामग्री हस्तान्तरण गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर लामिछाने विरुद्ध पुनरावेदन नगर्ने

काठमाडौं– महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने