सञ्जय र माधुरीको यस्तो वियोगान्त प्रेम | Khabarhub Khabarhub

सञ्जय र माधुरीको यस्तो वियोगान्त प्रेम


१४ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– अभिनेता सञ्जय दत्त बलिउडका एक यस्ता अभिनेता हुन्, जसले उद्योगको शिखरलाई छोए र कम उमेरमै जेलको कालकोठरी पनि देख्न पाए । बलिउडमा सायदै त सञ्जयको जस्तो उतारचढावपूर्ण जिन्दगी कमै कलाकारको छ ।

कैयौं युवतीसँगको अफेयरदेखि लिएर लागुऔषधको लत, त्यसपछि टाडा मुद्धामा जेल, सञ्जयसँग जोडिएका यी घटना सबैले देखेकै कुरा हुन् ।

सञ्जय आफ्नो डेब्यू फिल्म ‘रोकी’बाट बलिउडमा छाए । उनको अभिनेत्री माधुरी दीक्षितसँगको अफेयरले पनि खुबै चर्चा पायो । दुवैले ‘साजन’, ‘खलनायक’, ‘थानेदार’, ‘कानून अपना अपना’जस्ता कैयौं हिट फिल्ममा सहकार्य गरे ।

फिल्म ‘साजन’पछि सञ्जय र माधुरी नजिकिएका थिए । त्यसपछि उनीहरुको प्रेम र विवाहसम्मको कुरा चल्न थाल्यो । तर दुवैले यो विषयमा कहिल्यै मुख खोलेनन् । एकपटक भने सञ्जयले आफूले बलिउडका कोही अभिनेत्रीसँग विवाह गर्दा त्यो माधुरी नै हुने बताएका थिए ।

सञ्जय र माधुरी हृदयदेखि नै एकअर्कालाई चाहन्थे । तर सन् १९९३ मा मुम्बई बमकाण्डका कारण सञ्जय जेल जानुपर्यो । यो घटनापछि माधुरी सञ्जयबाट टाढिन थालिन् । सञ्जयले प्रहरीको अनुमतिमा माधुरीलाई फोन गरे पनि माधुरीको आमाले ‘माधुरीले सञ्जयसँग कहिल्यै कुरा नगर्ने’ जवाफ सुनाइन् । सञ्जय आफू जेलमा रहँदा माधुरीसँग भेट्न चाहन्थे । तर माधुरी कहिल्यै पनि जेल गाइनन् । यतिसम्मकी जेलबाहिर आउदा पनि माधुरीले सञ्जयलाई भेट्न चाहिनन् ।

सञ्जयको बायोपिक फिल्म ‘सञ्जू’मा पनि माधुरी र सञ्जयको दृश्य देखाइएको थियो । तर माधुरीको आग्रह अनुसार नै त्यो दृश्य हटाइएको थियो । उनीहरु २६ वर्ष पछि फिल्म ‘कलंक’मा सँगै देखिएका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहीबार  ३ : ०० बजे

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब

स्वास्थ्य संस्था कानुनअनुसार सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियम विपरीत स्वास्थ्य सेवा सञ्चालन