तुलसीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण « Khabarhub

तुलसीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिकाले वडा नं १७ लाई आज एम्बुलेन्स हस्तान्तरण गरेको छ । नगरप्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख पाण्डेले निर्वाचनमा गरेको वाचाअनुसार वडावासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताए ।

समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस् भन्ने उद्देश्यले बिरामी घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताए ।

एक वडा एक एम्बुलेन्सको अवधारणाअन्तर्गत तुलसीपुर उपमहागनरपालिकाले यसअघि विकट मानिएका १, १९, १३ नम्बर वडामा एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।

बाँकी चार वटा एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख केशव डाँगीले जानकारी दिए । उनका अनुसार ४, ११, १५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एम्बुलेन्स हस्तान्तरण गरिने छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  १० : ५९ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को