६८ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी ! « Khabarhub

६८ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी !


१३ भाद्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले गरेको एक सर्वेक्षणले आधाभन्दा धेरै नेपालीमा कोरोना भाइरसको एन्टिबडी रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सर्वेक्षणमा ६८. ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी भएको पुष्टि भएको जनाएको छ । सर्वेक्षणमा ६ महिनाका बालकासमेत १३ हजार १६१ जनाको नुमना समावेश गरिएको मन्त्रालयले जनाएको छ ।

सर्वेक्षणको यो नतिजाअनुसार आधाभन्दा धेरै नेपालीहरु कोरोना संक्रमित भएर ठिक भइसकेको संकेत गरेको छ । कोरोना संक्रमित भएकाहरुमा कोरोनाविरुद्धको एन्टिबडी बन्ने गर्छ । मन्त्रालयका अनुसार हिमाल, पहाड र तराईँ तथा सबै उमेर समूह र लिंगमा समान रुपले एन्टिबडी देखिएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको एकमात्रा खोप लगाएका ९० प्रतिशतमा एन्टिबडी देखिएको छ । खोप लगाएकाहरुमा एन्टिबडी भेटिनु खोप प्रभावकारी रहेको बुझ्नुपर्ने मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ६ : २४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु