महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा | Khabarhub Khabarhub

महावीरले गरे बाँदर धपाउने मेसिन बनाउनेलाई १० लाख पुरस्कारको घोषणा


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रले बाँदर धपाउने प्रभावकारी मेसिन बनाउनेलाई १० लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको छ । आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले सामाजिक सञ्जालमार्फत उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

उनले आविष्कार गर्नेहरुलाई प्रोत्साहनका लागि उक्त पुरस्कारको घोषणा गरेको जनाएका छन् । उनले भनेका छन्, ‘बास्तबमा धेरै पैसा भएर पुरस्कार दिने भनेको होइन । साह्रै आवश्यक भएर र अहिलेसम्मको उपायले त्यति राम्रो काम नगरेको हुनाले कसैले गर्छन् कि भनेर प्रोत्साहन गर्नको लागि पुरस्कारको घोषणा गरेका हौँ ।’

उनले बुद्ध एयरको जहाजको पाङ्ग्रा नखुल्दा अवतरणमा समस्या भएको विषयसँग जोड्दै भनेका छन्, ‘थुप्रै करोड पर्ने र एकदमै नाम चलेको हवाईजहाज बनाउने कम्पनीले पनि त्यत्ति सानो कुरा गर्न बिर्सेछ । नजानेर त पक्कै होइन होला । अवतरण गर्ने बेलामा जहाजको पाङ्ग्रा खुल्यो कि खुलेन भनेर हेर्न एउटा सानो क्यामारा अथवा सेन्सर राख्न बिर्सेछ । त्यति काम त जो सुकैले पनि गर्न सक्थ्यो नि । अब आउने हवाईजहाजहरुमा पक्कै राख्लान् ।’

उनले यसलाई आवश्यक्ताले नै इनोभेशन अर्थात नवप्रबर्तन को काम हुन्छ भन्ने उदाहारण मात्र दिन खोजेको बनाएका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ६ : ५४ बजे

हिमाल आरोहणबाट ६४ करोड बढी राजस्व सङ्कलन

फुङ्लिङ– पछिल्लो समयमा हिमाल आरोहण गर्नेहरू सङ्ख्या बढ्दै गएको छ ।

बीपी राजमार्ग : अवरुद्ध हुन नदिन मर्मत गरिँदै

काभ्रेपलाञ्चोक– बीपी राजमार्गमा आसन्न चाडबाडमा अवरुद्ध हुन नदिन पुनः मर्मत

कर्णाली राजमार्ग अवरुद्ध : स्याउ बाटोमै कुहिने चिन्ता

कर्णाली– कर्णाली राजमार्ग अवरुद्ध हुँदा स्याउ बिक्री गर्न समस्या भएको

पहिरोले सालझण्डी–ढोरपाटन सडक अवरुद्ध

बागलुङ– पहिरोले राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ

धरानमा बोतलको पानीभित्रै किरा, नियामकले थाल्यो अनुगमन

सुनसरी – पिउने पानी बिक्रीवितरण गर्दै आएको गङ्गाजल ब्रान्डको बोतलबन्द