पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो « Khabarhub

पहिराले अवरुद्ध सडक साढे तीन महिनापछि मर्मत थालियो


१३ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ-कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका-१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।

गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिराले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए ।

रु २० लाख ९३ हजार लागत स्टिमेट गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए। ‘तीन चरणका कामको स्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुनेछन्”, नगरपालिकाका इञ्जीनियर मनोज शर्माले भन्नुभयो’, ‘पहिरो गहिरो गरी खसेकाले सडकको नमूना निकाल्नै कठिन छ ।’ पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने स्थानीयवासी वीरबहादुर थापा बताउँछन्।

‘पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्की बनाउँदा लामो समय पानी जमिनमुनि जाने गरी छाडिदिए’, थापाले भने, ‘एकातर्फ पहिराको त्रासमा हामीले बाँच्नुपरेको छ, अर्कोतर्फ केटाकेटी विद्यालय पठाउनसमेत बाटो छैन ।’ पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।

नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । ‘मलाई गाउँ बसिनसक्नुभयो, अस्थायीरूपमा भए पनि सडक खुलाउन पहल थालेका छौँ’, बागलुङ-१२ का अध्यक्ष गुरुदत्त पाठकले भने, ‘यो बाटो दीर्घकालीन बनाउन हाम्रो बलबुताले भ्याउँदैन, तालुक निकायको ध्यान गएन ।’ हिउँदयाममा मात्रै चल्ने गरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको पाठकले बताए। दव्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिराले साढे तीन महिनादेखि प्रयोगविहीन थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७८, बुधबार  ९ : ४० बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको