कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता « Khabarhub

कांग्रेस महाधिवेशन : डडेल्धुराको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधानिकता


१३ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा एक समूहको बहिस्कारका बीच भएका सबै अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले वैधानिकता दिएको छ । सोमबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले बहुमतका आधारमा निर्णय गर्दै फेरि अधिवेशन गर्नुनपर्ने निष्कर्ष निकालेको हो ।

डडेल्धुरा सभापति कर्ण मल्ल क्रियाशील सदस्यतामा मनोमानी गरिएको भन्दै वडादेखि जिल्लासम्मको सबै अधिवेशन बहिस्कार गर्ने निर्णय गरेका थिए । र उनले कांग्रेस जिल्ला कार्य समितिबाटै अधिवेशन नगराउने निर्णय गरेका थिए ।

तर, सभापति देउवा पक्षले भने एकलौटी रुपमा अधिवेशन सम्पन्न गरेको छ । देउवा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । डडेल्धुरा विवादकै कारण निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि देउवाले गोपालकृष्ण घिमिरेलाई संयोजक तोकेका थिए । घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकले बहुमतका आधारमा डडेल्धुराको अधिवेशनलाई वैधानिकता दिने निर्णय गरेको हे । सो निर्णयमा समितिका सदस्य सिताराम केसीले भने फरक मत लेखेका छन् । उनले निर्वाचन अधिकृतकै कमजोरी देखिएको भन्दै डडेल्धुरामा फेरि अधिवेशन गर्नुपर्ने फरकमतमा उल्लेख गरेका छन् ।

यही विवादलाई लिएर कर्ण मल्ल पार्टी कार्यालय सानेपामा रिले अनसन बसिरहेका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ७ : २० बजे

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी

रियाद विमानस्थलमा उडान सुरु, थप आक्रमण गर्ने हुथीको चेतावनी

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी राजधानीमा आक्रमण गरेपछि दुई सातासम्म

मेहनत र लगानी अनुसारको मूल्य पाउँदैनन् दुग्ध किसान

घोराही– यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य