सत्तासमीकरणबारे 'प्रस्ट निर्णय' दिन देउवालाई दाहालको आग्रह | Khabarhub Khabarhub

सत्तासमीकरणबारे ‘प्रस्ट निर्णय’ दिन देउवालाई दाहालको आग्रह


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तासमीकरणबारे स्पष्ट निर्णय दिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रका नेतासहित देउवालाई भेट्न मंगलबार बुढानीलकण्ठ पुगेका प्रचण्डले नयाँ सरकार गठनका विषयमा ठोस निर्णय दिन आग्रह गरेका हुन् ।

भेटमा सभापति देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएको जनाइएको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराए लगत्तै  निवासमै पुगेर प्रचण्डले देउवासँग भेट गरेका हुन ्थि ।

नेकपा विभाजित भएको बेलादेखि नै प्रचण्डले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै आएका थिए । तर, देउवा भने नेकपाको आधिकारिक विभाजन नभएकाले एउटा पक्षसँग मिलेर सरकार बनाउन सहमत भएका थिएनन् ।

सत्तासमीकरणबारे कांग्रेस र जसपाले ठोस निर्णय लिएको छैन भने माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनबारे अन्योलता कायमै छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्च अदालतले फागुन ११ को फैसालमार्फत असंवैधानिक भन्दै उल्टाइदिएपछि ओलीको विकल्पमा नयाँ सरकार गठनको पहल सुरु भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ३७ बजे

रुट र बुमराह ब्याटिङ र बलिङ वरीयताको शीर्ष स्थानमा

काठमाडौं – टेस्ट वरीयतामा ब्याटिङतर्फ इंग्ल्यान्डका जोए रुट तथा बलरमा

भरतपुर महानगरले खर्च र आम्दानी दुवै बढायो

चितवन – भरतपुर महानगरपालिकाले अघिल्लो वर्षको तुलनामा खर्च र आम्दानी

नेपाली गलैँचा तेस्रो मुलुक निर्यात हुन थाल्यो

वीरगञ्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध