सत्तासमीकरणबारे ‘प्रस्ट निर्णय’ दिन देउवालाई दाहालको आग्रह « Khabarhub

सत्तासमीकरणबारे ‘प्रस्ट निर्णय’ दिन देउवालाई दाहालको आग्रह


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्तासमीकरणबारे स्पष्ट निर्णय दिन आग्रह गरेका छन् ।

माओवादी केन्द्रका नेतासहित देउवालाई भेट्न मंगलबार बुढानीलकण्ठ पुगेका प्रचण्डले नयाँ सरकार गठनका विषयमा ठोस निर्णय दिन आग्रह गरेका हुन् ।

भेटमा सभापति देउवाले जसपासँग छलफल गरेर आफू चाँडै ठोस निष्कर्षमा पुग्ने आश्वसन दिएको जनाइएको छ ।

एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने सर्वोच्च अदालतको निर्णयमा पुनरावलोकन निवेदन दर्ता गराए लगत्तै  निवासमै पुगेर प्रचण्डले देउवासँग भेट गरेका हुन ्थि ।

नेकपा विभाजित भएको बेलादेखि नै प्रचण्डले देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै आएका थिए । तर, देउवा भने नेकपाको आधिकारिक विभाजन नभएकाले एउटा पक्षसँग मिलेर सरकार बनाउन सहमत भएका थिएनन् ।

सत्तासमीकरणबारे कांग्रेस र जसपाले ठोस निर्णय लिएको छैन भने माओवादी केन्द्रले पनि सरकारको समर्थन फिर्ता नलिँदा नयाँ सरकार गठनबारे अन्योलता कायमै छ ।

गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटन सर्वोच्च अदालतले फागुन ११ को फैसालमार्फत असंवैधानिक भन्दै उल्टाइदिएपछि ओलीको विकल्पमा नयाँ सरकार गठनको पहल सुरु भएको थियो ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  १० : ३७ बजे

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित