छायांकनमा वेब सिरिज ‘क्रियापुत्री’ « Khabarhub

छायांकनमा वेब सिरिज ‘क्रियापुत्री’


१४ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–निर्देशक बाबु बलामीको निर्देशनमा नयाँ वेब सिरिज ‘क्रियापुत्री’ बन्ने भएको छ । सिरिजको सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु भएको छ ।

शिबानी बलामीको प्रस्तुति रहेको वेब सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा र मेनुका माझीको अभिनय रहनेछ ।

निर्देशक बलामीले सिरिजमा आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा देखाइने बताए ।

शिबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  १२ : ४२ बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी