‘एक्स ९’बाट कमब्याक गर्दै ‘जाली रुमाल’का सुधांशु « Khabarhub

‘एक्स ९’बाट कमब्याक गर्दै ‘जाली रुमाल’का सुधांशु


१४ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एकसमय नेपाली फिल्मका व्यस्त अभिनेता सुधांशु जोशी लामो समयपछि फिल्ममा ‘कमब्याक’ गर्दैछन् । मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको फिल्म ‘एक्स ९’मार्फत दर्शकमाझ फर्कन लागेका हुन् ।

आफूले निर्माण गरेको फिल्म ‘नेपाल’ व्यावसायिक रुपमा असफल भएपछि उनी अमेरिका उडेका थिए । सुधांशुले ‘जाली रुमाल’, ‘विशालु’, ‘रणभूमि’ र ‘हत्या’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।

निर्देशक मुकुन्दका अनुसार आफ्नो फिल्ममा सुधांशुको अभिनय रहने करिब पक्कापक्की भइसकेको छ । यो फिल्ममा यसअघि अनमोल केसी, सौगात मल्ल, पुष्प खड्का, अनुपविक्रम शाही, राज कटुवाल अनुबन्धित भइसकेका छन् । फिल्ममा बलिउड अभिनेता सुनील सेठ्ठीको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

फेब्रुअरीबाट छायांकनमा जाने फिल्म नेपालसँगै युरोप र अमेरिकामा खिचिनेछ । निर्मलकुमार मिश्र कार्यकारी निर्माता रहेको फिल्ममा वीरेन्द्र कुँवर, मुकुन्द भट्ट, चन्द्र पन्त, विदुर घण्टे र प्रदीप थापाको लगानी रहनेछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ३३ बजे

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन