एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ « Khabarhub

एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ


१८ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एटीएम ह्याक गरी पैसा चोर्न खोज्ने चिनियाँ पक्राउ परेका छन् । दरबारमार्गस्थित मेगा बैंकको एटीएम बुथ ह्याक गरी पैसा निकाल्न खोज्ने चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो।

परिसरका अनुसार सिआओलङले एटीएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए। उनी एटीएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।

यो पनि पढ्नुहोस्

नेपालमा चिनियाँ नागरिकको अपराध ‘कनेक्सन’ 

‘विभिन्न बैंकहरूको एटीएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एक जना चिनियाँ पक्राउ गरिएको हो।’

विगत केही वर्षयता चिनियाँ नागरिक एटीएम बुथ ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न हुँदै आएको तथ्य बाहिरिएको थियो।

सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे। उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो।

त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए।

उनको साथमा १० थान एटीएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७७, बुधबार  २ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै