‘इण्डियन आइडल’फिनालेमा गीत गाउदै आदित्य–उदित « Khabarhub

‘इण्डियन आइडल’फिनालेमा गीत गाउदै आदित्य–उदित


१६ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– बलिउड गायक तथा टेलिभिजन होस्ट आदित्यनारायण झाका लागि यसवर्षको ‘इण्डियन आइडल’ केही विशेष छ । आगामी अगष्ट १५ मा हुने यो शोमा शोका होस्टसमेत रहेका आदित्यले आफ्ना भेट्रान गायक पिता उदितनारायण झासँग गीत गाउदैछन् ।

तर उनीहरुको गीत गाउने शैली केही फरक हुनेछ । अर्थात् आदित्यले उदितको गीत गाउनेछन् भने उदितले आदित्यको । आदित्यले उदितको ‘डोली सजा के रख्ना’, ‘पापा केहते हे’, ‘जादु तेरी नजर’ र ‘पेहला नसा’ गीत गाउँदा उदितले आदित्यको गीत ‘तत्तड तत्तड’ र ‘इश्किया डिस्कियाँ’ गाउनेछन् ।

‘बुवासँग एकै स्टेजमा गीत गाउन पाउदा उत्साहित छु । म बुवाको र बुवाले मेरो गीत गाउनेछौं’, आदित्यले भनेका छन् । मुम्बईको सेटमा छायांकन हुने फिनालेमा प्रतियोगिताको उत्कृष्ट १५ प्रतिष्पर्धीले पनि आफ्नो प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : १६ श्रावण २०७८, शनिबार  ३ : ०० बजे

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण

जापानीज इन्सेफलाइटिसबाट १३१ जना सङ्क्रमित, २८ जनाको मृत्यु

काठमाडौं- नेपालमा सन् २०२६ मा हालसम्म जापानीज इन्सेफलाइटिस (जेई) बाट १३१

म्याक्स टाइगरको ‘दशैँ धमाका’ : ३६ जनाले यामाहा र एक जनाले प्रोटोन कार जित्ने अवसर

ललितपुर-  म्याक्स टाइगर इनर्जी ड्रिंकले दशैँ लक्षित ‘दशैँ धमाका २०२६’

६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ– बाढीपहिरोका कारण ६ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा आएको

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु