दुर्घटना गरी फरार रहेको गाडीचालक पक्राउ « Khabarhub

दुर्घटना गरी फरार रहेको गाडीचालक पक्राउ


१५ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सोमबार रूपन्देहीका ओमसतिया-४ पननीमा भएको दुर्घटनामा फरार रहेको गाडीसहित चालक पक्राउ परेका छन् । स्थानीय छठ घाट रोहिणी खोला जाँदै गरेका सोमबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडीले ठक्कर दिँदा तीनजनाको मृत्यु र दुईजना घाइते भएका थिए । ठक्करपछि फरार रहेको चालक र गाडीलाई रूपन्देही प्रहरीले भैरहवाको गल्लामण्डीबाट पक्राउ गरेको हो । 

बिहान ४ बजेर ५५ मिनेटमा पैदलयात्रीलाई ठक्कर दिँदा गाडीले केही भाग र संकेत घटनास्थलमै छाडेकाले घटना भएकै दिन गाडी र चालक पहिचान भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए ।

अनुसन्धानबाट रूपन्देहीको रोहिणी गाउँपालिका-३ घर हुने अजयकुमार चौधरीले चलाएको बा८च ६५३२ नम्वरको टाटा इन्डिका भिष्टा गाडीले ठक्कर दिई दुर्घटना भएको पुष्टि गरेको छ । दुर्घटनामा परेको गाडी सिद्धार्थनगर-४ पिपरहियामा त्रिपालले ढाकेर राखिएको अवस्थामा सोमबार साँझ र चालक चौधरीलाई गल्लामण्डीस्थित बजारबाट नियन्त्रणमा लिएको एसपी रेग्मीले बताए । 

दुर्घटनामा परी ओमसतिया-४ पननीकै दुई महिनाको श्रीराम कुर्मी, वर्ष १४ की सिमा कुर्मी, वर्ष २८ की प्रमशिला कुर्मीको मृत्यु भएको थियो । त्यस्तै घाइते भएकी शिशुकी आमा २४ वर्षीय वन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलबार  ३ : ३३ बजे

नाडाको ५०औँ स्थापना दिवसमा ‘५० वर्षको सहयात्रा’ वाकाथन आयोजना

काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो ५०औँ स्थापना

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

मान्म– तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत

डा. मिनेन्द्र रिजाललाई प्रश्न- कांग्रेस एक बनाउने सूत्र के हो ?

विशेष महाधिवेशनपश्चात् दुई धारमा देखिएको कांग्रेस झण्डै महिना बितिसक्दा पनि

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त