‘लाखे’ मा सुनीलको स्थानमा प्रशान्त « Khabarhub

‘लाखे’ मा सुनीलको स्थानमा प्रशान्त


१९ माघ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता सुनील थापा बलिउड फिल्ममा व्यस्त हुने भएपछि फिल्म ‘लाखे’मा उनको स्थानमा अर्का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा प्रशान्तले प्रमुख भिलेनको भूमिका निभाउनेछन् ।

अभिनेता ताम्राकारले आफु ‘लाखे’ मा जोडिन पाउदा खुसी लागेको बताए । ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो’ ताम्राकारले भने ‘एकसाथ धेरै स्टार कलाकारसँग काम गर्न पाउदा निकै खुसी लागेको छ ।’ फिल्ममा आफुले सक्दो नयाँ र राम्रो काम गर्न कोसिस गर्ने ताम्राकारले सुनाए ।

सम्राट बस्नेत निर्देशित फिल्म ‘लाखे’को काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छायांकन भइरहेको छ । फिल्ममा अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, बर्षा राउत, रोहित रुम्बालगायतका कलाकारको अभिनय छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी प्रस्तुतकर्ता रहेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार  १ : ०५ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको