एसएस फाउन्डेशनद्वारा दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग « Khabarhub

एसएस फाउन्डेशनद्वारा दोलखाका आठ विद्यालयलाई २१ सय झोला सहयोग


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसएस फाउन्डेशनले दोलखाको आठ विद्यालयका विद्यार्थीलाई दुई हजार १०० झोला आज हस्तान्तरण गरेको छ । बैतेश्वर मावि, नाम्दु, शैलुङ्गेश्वर आधारभूत विद्यालय, झोर,मानेडाँडा प्रावि, भीमेश्वर, गर्जाङढुङ्गा मावि, जिरी, कुटीडाँडा मावि, मकैवारी, क्षमावती मावि, भीमेश्वर, शान्ति आदर्श मावि, बिगु र बुलुङ्ग खानी प्रावि, बिगु–३, बुलुङ्गलाई प्रदान गरिएको हो ।

 उक्त  विद्यालयका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबराले दोलखाको राप्रपाका क्षेत्रीय अध्यक्ष कुमार कार्कीलाई झोला हस्तान्तरण भएको हो । कार्कीले उक्त विद्यालयका लागि झोला लगेर वितरण गर्नुहुने बताइएको छ ।

राप्रका पूर्वअध्यक्ष राणाले फाउन्डेशनले शिक्षा र विद्यालयमा पढ्ने बालबालिकाका लागि स्कुल झोला वितरण गरेर राम्रो सहयोग गरेको र आगामी दिनमा यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरे  । फाउन्डेशनका अध्यक्ष तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अगुवाइमा देशका विभिन्न स्थानमा सहयोग उपलब्ध हुँदै आएको छ ।

फाउन्डेशनले कोरोना भाइरसको पहिलो र दोस्रो लहरमा देशका विभिन्न स्थानमा स्वास्थ्य सामग्री सहयोग गरेको थियो । यसअघि एसएस फाउन्डेशनले डोटीको केआई सिंह गाउँपालिका–४ मा अवस्थित झिमे मालिका विद्यालयलाई पनि ८०० झोला वितरण गरेको थियो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ४ : १८ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट