प्रतिनिधिसभाका सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा « Khabarhub

प्रतिनिधिसभाका सांसद् प्रदीप यादवमाथिको कारबाही फुकुवा


१८ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसाद प्रदीप यादवमाथि गरेको कारबाही फुकुवा गरेको छ ।

केन्द्रीय कार्यकारी समितिको जारी बैठकले उनीमाथि यसअघि गरेको कारबाही फुकुवा गरेको हो ।

जसपाले उनीमाथि यसअघि पार्टीको आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको थियो ।

देउवा नेतृत्वको सरकारमा पार्टीले पठाएको मन्त्री सूचीमा आफ्नो नाम नपरेको भन्दै उनी पक्षका नेता तथा कार्यकर्ताले पार्टी अध्यक्षको विरोधसहित पुत्ला दहन गरेका थिए । सोही कारण उनलाई पार्टीले केन्द्रीय सदस्यबाट हटाएको थियो ।

उनीमाथि पार्टीको झण्डा जलाउन संलग्न भएको आरोपसमेत छ । यद्यपि, सांसद यादवले भने आरोप अस्वीकार गरेका छन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार  ५ : २९ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट