पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियो पाँच लाख अनुदान « Khabarhub

पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियो पाँच लाख अनुदान


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– अछामको पञ्चदेवल विनायक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो । पञ्चदेवल विनायक नगरपालिकाले दिएको यो रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । 

दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका–६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए ।  सन् २००७ मा स्थापना भएको अस्पतालले कालीकोट, अछाम, दैलेख, डोटी र बाजुरा जिल्लाका बिरामीको उपचार गर्ने गरेको छ । 

दुर्गममा रहेको अस्पतालले हाल बाहिरंग सेवा, २४सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत प्रसुति सेवा, हर्निया तथा हाइड्रोसिल र एपेन्डिक्स आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरी निःशुल्क प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : १७ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले