गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू « Khabarhub

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । जीपी कोइराला मेमोरियल कलेजले स्व नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतीक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन्  ।

‘विभिन्न नेताहरूको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ’, मन्त्री बडूले भने,  ‘जीपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।’

सोही अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : २७ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,