गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू « Khabarhub

गिरिजाप्रसाद कोइरालाको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्छ : उद्योगमन्त्री बडू


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोइरालाका नाममा विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । जीपी कोइराला मेमोरियल कलेजले स्व नेता गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा आज आयोजना गरेको ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना कार्यक्रममा उनले आदर्शका प्रतीक गिरिजाबाबुको नाममा विश्वविद्यालय स्थापना गर्नुपर्ने बताएका हुन्  ।

‘विभिन्न नेताहरूको नाममा विश्वविद्यालय स्थापना भएका छन्, शान्ति प्रक्रियाका नायक गिरिजाबाबुको नाममा पनि जिपी कोइराला विश्वविद्यालय स्थापना हुनुपर्छ’, मन्त्री बडूले भने,  ‘जीपी कोइराला विश्वविद्यालय निर्माणका लागि सरकार सहयोग गर्न तयार छ ।’

सोही अवसरमा ‘गिरिजाप्रसाद कोइराला शान्ति कोष’ स्थापना गरी सोही कोषबाट गिरिजाप्रसाद कोइराला शान्ति पुरस्कार वितरण गरिने जानकारी दिइएको थियो । कार्यक्रममा कलेजमा अध्ययनरत विद्यार्थीलाई विभिन्न विधाका पुरस्कारसमेत प्रदान गरिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १ : २७ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर