बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल « Khabarhub

बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मन्त्री भुसाल


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन् । ललितपुरमा आज आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् । 

नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।  कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युतको उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताइन् । उनले भनिन्, ‘बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।’

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताइन् । देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उनले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गरिन्  । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  २ : १३ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि