केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू « Khabarhub

केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायतका विषयमा छलफल हुने छ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि तय गरिएका छन् । ‘बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउनेदेखि सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुँदैछ,’ कर्णले न्युज कारखानासँग भने  । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाइसकेकाले अब त्यसलाई पारित गरी नाम टुंगो लगाउनेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या पाँच सय एक राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य भइरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेश गर्दैछ । उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखि त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विद्येयकलगायत विषयलाई समेटेर बुझाएको ज्ञापनपत्र कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  २ : २३ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले