युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता | Khabarhub Khabarhub

युक्रेनका राष्ट्रपति र नर्वेका प्रधानमन्त्रीबीच भेटवार्ता


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्की र नर्वेका प्रधानमन्त्री जोनास गहरस्टोरबीच भेटवार्ता भएको छ । युक्रेन भ्रमणमा रहेका नर्वेली प्रधानमन्त्री स्टोरले शुक्रबार भएको भेटवार्ताका क्रममा युक्रेनलाई नर्वेले गर्न सक्ने सहयोगका बारेमा कुराकानी गरेको जनाइएको छ । भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेनेक्सीले नर्वेको सहयोग र समर्थनका लागि धन्यवाद ज्ञापन गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 सो अवसरमा उनले नर्वेले गरेको सुरक्षा, राजनीतिक र मानवीय सहयोग युक्रेनले स्मरण गर्ने पनि कार्यालयले जनाएको छ । प्रधानमन्त्री स्टोरले युक्रेन भ्रमणका क्रममा आक्रमणबाट क्षतिग्रस्त भएका केही ठाउँको स्थलगत निरीक्षण पनि गरेको र अन्य विभिन्न व्यक्तिहरूसँग पनि सामान्य छलफल गरेका हुन् । 

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै युक्रेनको पक्षमा उभिदै आएको नर्वेले यसअघि पनि विभिन्न सहयोग गर्दै आएका छ । नर्वेले युक्रेनमाथि आक्रमण गरेर रुसले गलत गरेको भन्दै तत्काल आक्रमण रोक्न र वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पटक पटक आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  २ : ३० बजे

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

मानवीय सहायता अभावले करोडौँ शरणार्थी संकटमा : संयुक्त राष्ट्रसंघ

जिनेभा – मानवीय सहायता बजेटमा भएको भारी कटौतीका कारण विश्वभरका