इरान भूकम्पमा पाँच जनाको मृत्यु « Khabarhub

इरान भूकम्पमा पाँच जनाको मृत्यु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो । उक्त स्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ । बिहानैको भूकम्पपछि पनि भूकम्पका पराकम्पन जारी रहेकाले भवन र पूर्वाधारमा क्षति पुगेको भन्दै सर्वसाधारण सडकमा निस्किएका छन् ।

भूकम्पको धक्का धेरै छिमेकी मुलुकमा  पनि महसुस गरिएको छ । इरान ठूला भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । औसतमा यहाँ हरेक दिन भूकम्पको झट्का महसुस हुन्छ ।  सन् २००३ मा ६.६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो जहाँ २६ हजार सर्वसाधारणको ज्यान गएको थियो ।  

सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी छ सयभन्दा बढीको मृत्यु भएको थियो भने नौ हजार जनाभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : १२ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,