इरान भूकम्पमा पाँच जनाको मृत्यु « Khabarhub

इरान भूकम्पमा पाँच जनाको मृत्यु


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दक्षिणी इरानमा शनिबार भएको ६.३ म्याग्निच्युडको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको तथा ४९ जना घाइते भएका सरकारी टेलिभिजनले जनाएको छ ।

राजधानी तेहरानबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको होर्मोजगान प्रान्तको खोश गाउँलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प प्रभावित स्थलमा करिब तीनसयको बसोबास रहेको थियो । उक्त स्थलमा तत्काल उद्धार टोली परिचालन गरिएको छ । बिहानैको भूकम्पपछि पनि भूकम्पका पराकम्पन जारी रहेकाले भवन र पूर्वाधारमा क्षति पुगेको भन्दै सर्वसाधारण सडकमा निस्किएका छन् ।

भूकम्पको धक्का धेरै छिमेकी मुलुकमा  पनि महसुस गरिएको छ । इरान ठूला भूकम्पीय जोखिमको क्षेत्रमा रहेको छ । औसतमा यहाँ हरेक दिन भूकम्पको झट्का महसुस हुन्छ ।  सन् २००३ मा ६.६ म्याग्निच्युडको भूकम्पले ऐतिहासिक शहर बामलाई क्षतविक्षत पारेको थियो जहाँ २६ हजार सर्वसाधारणको ज्यान गएको थियो ।  

सन् २०१७ मा सात म्याग्निच्युडको भूकम्पमा परी छ सयभन्दा बढीको मृत्यु भएको थियो भने नौ हजार जनाभन्दा बढी घाइते भएका थिए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : १२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै