नागरिकको विवरण संकलन कार्य प्रभावकारी बनाऔँ : गृहमन्त्री खाण « Khabarhub

नागरिकको विवरण संकलन कार्य प्रभावकारी बनाऔँ : गृहमन्त्री खाण


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– गृहमन्त्री बालकृष्ण खाणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण संकलनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा रूपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उहाँले व्यक्तिगत घटना संकलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए ।

गृहमन्त्री खाणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र  विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । उनले भने, ‘ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत  उच्च जोखिममा रहनसक्ने समूहलाई लक्षीत गरी सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहबाटै  सही नागरिकको विवरण संकलनमा ध्यान दिनुपर्छ ।’


विभागले व्यक्तिगत घटना दर्ताका साथै  सामाजिक सुरक्षाअन्तर्गत ‘नगद प्रवाह’ र व्यक्तिको डिजिटल पहिचान स्थापना गर्ने बहुउपयोगी ‘राष्ट्रिय परिचयपत्र’ वितरण कार्यको जिम्मेवारी सम्हाल्दै आएको छ । 

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ३ : २७ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी