माले पोलिट ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश « Khabarhub

माले पोलिट ब्यूरो सदस्य कुमार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश


१८ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका  श्रेष्ठ, केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई शनिवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

सो अवसरमा अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनीतिमा जबर्जस्त ढंगले अगाडि बढ्ने दाबी पनि गरे । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिशंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै उनले धर्म परिवर्तन, बेरोजगारी, भ्रष्ट र कुशासन अन्त्यको निमित्त जनता जागरुक हुनुपर्ने बताए ।

थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधान हुने बताए । नवप्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अवलम्बन गरेको बाटोबाट मुलुकको स्वाधीनताको रक्षा, प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्षसहित समाहित भएको बताए ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  ४ : १४ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी