किसानलाई छिटो मल उपलब्ध गराउन सांसदको माग « Khabarhub

किसानलाई छिटो मल उपलब्ध गराउन सांसदको माग


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले किसानलाई जतिसक्दो चाँडो मल उपलब्ध गराउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समयमा बोल्दै नेपाली कांग्रेसका डा डिला सङग्रौलाले भनिन्, “अहिलेसम्म पनि किसानले मल पाउन सकेका छैनन्, कतिपय ठाउँमा कालोबजारी छ, सरकारले मल पाउने आश्वासन मात्रै दिँदै आएको छ, किसानले भोग्नु परेको समस्या समाधानको लागि ध्यानाकर्षण गराउन चाहन्छु ।”

भारतसँगको जिटुजी सम्झौताको प्रक्रियाको अन्योलका नाममा हालसम्म मल आपूर्ति नभएकामा उनले चिन्ता व्यक्त गरिन्। सार्वजनिक खरिद ऐनले गरेको व्यवस्थाअनुसार सम्झौता भएको ३० दिनपछि मात्रै आपूर्ति सुरु गर्ने व्यवस्था भएकाले यसलाई परिवर्तन गरेर अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार आठ दिनमा आपूर्ति सुरु गर्ने व्यवस्था गरेमा समयमा मल ल्याउन सकिने सरकारी अधिकारीको भनाइ छ ।

सांसद संग्रौलाले प्रश्न गरिन्, “यदि त्यसो हो भने संसद् चलिरहेको छ, सार्वजनिक खरिद ऐन संशोधन गर्न के ले रोकेको छ र? के नयाँ चुनाव भएपछि मात्रै संशोधन गर्ने हो ? कि, अरू कुनै कारण छ, जवाफ चाहियो । मलको अभावमा देशभित्रै प्राङ्गारिक मल उत्पादन गर्ने हाम्रो योजना खोइ रु रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्ने हो भने त्यसको योजना खै र?”

गत वर्ष सप्तरीका किसानले रासायनिक मलका लागि आन्दोलन गरेका थिए । गत असारमा धादिङका किसानले दुई ट्रक रासायनिक मल सडकमै खोसेका थिए । गत साता मात्रै सरकारले भारत सरकारसँग पाँच वर्षका लागि करिब नौ लाख मेट्रिक टन रासायनिक मल खरिद गर्ने सम्झौता गरेको थियो ।

बैठकमा नेकपा ९माओवादी केन्द्र० का अमनलाल मोदीले भारतीय आयल निगमले पेट्रोलियम पदार्थको समायोजनको निम्ति दुई पटकसम्म पत्र पठाउँदासमेत सरकारले ध्यान नदिएकामा चिन्ता व्यक्त गरे। नेकपा ९एमाले० का झपटबहादुर रावलले कैलाली जिल्लाका विभिन्न जङ्गलमा रहेका बाघको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। एमालेका दलबहादुर रानाले भूउपयोग ऐन कार्यान्वयनको माग गरे। सांसद केदार सिग्देलले  वर्तमान सरकारले सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्यामा गम्भीर नभएको बन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने,“आश्वासन होइन, जनताले लालपुर्जा खोजेका हुन, सुकुम्वासी आयोगको  ध्यान त्यतातिर केन्द्रित होस्, यथाशीघ्र सुकुम्वासी र अव्यवस्थित बसोबासलाई लालपुर्जा वितरण गराउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५४ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा