जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन | Khabarhub Khabarhub

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो ।  

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई  मध्यनजर गर्दै  विसं २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याइएको थियो । कोरोना महामारी र ठेकेदार निर्माण व्यवसायीको लापरबाहीका कारण प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो ।

प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनले भने ,’यसअघि जिल्लामा प्लान्ट नहुँदा  सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता थियो, अब भने त्यो बाध्यता हटेको छ ।’

कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्व तयारीस्वरूप  प्लान्ट सञ्चालन आएको छ ।  कोरोनाको पहिलो, दोस्रो, तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीलाई फर्काउनुपरेको थियो । 

उक्त प्लान्टबाट निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले बताए । प्रमुख डा श्रेष्ठले भने, ‘प्लान्ट स्थापनाले ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ सिलिन्डर बोक्नुपर्ने बाध्यता हट्छ ।’

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५२ बजे

‘जलसमाधि लिँदैछु’ भन्दै घरबाट हिँडेका प्राध्यापक तिम्सिना दुई दिनदेखि बेपत्ता

सुनसरी : प्राध्यापक एवम् समालोचक डा. रामजी तिम्सिना दुई दिनदेखि

पशुपालनलाई प्रोत्साहन गर्न डाँलेघाँस उत्पादन

तनहुं– पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न जिल्लास्थित डिभिजन वन कार्यालयले डाँलेघाँसका

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ

मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै

दमौली– मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत मादी नदीमा चारलेनको पुल धमाधम निर्माण

बेलायती चुनाव : सत्तामा फर्कियो लेबर पार्टी, स्टारमर प्रधानमन्त्री बन्ने

काठमाडौं– केयर स्टारमर नेतृत्वको बेलायतको लेबर पार्टी  ऐतिहासिक जित हासिल