जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन « Khabarhub

जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालन


१७ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको रु ८० लाख बजेटबाट प्लान्ट सञ्चालनमा आएको हो ।  

भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना सङ्क्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ । कोरोना महामारीको दोस्रो लहरलाई  मध्यनजर गर्दै  विसं २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याइएको थियो । कोरोना महामारी र ठेकेदार निर्माण व्यवसायीको लापरबाहीका कारण प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो ।

प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनले भने ,’यसअघि जिल्लामा प्लान्ट नहुँदा  सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता थियो, अब भने त्यो बाध्यता हटेको छ ।’

कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्व तयारीस्वरूप  प्लान्ट सञ्चालन आएको छ ।  कोरोनाको पहिलो, दोस्रो, तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीलाई फर्काउनुपरेको थियो । 

उक्त प्लान्टबाट निर्माणाधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा दीपेश श्रेष्ठले बताए । प्रमुख डा श्रेष्ठले भने, ‘प्लान्ट स्थापनाले ५० शय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुन्छ सिलिन्डर बोक्नुपर्ने बाध्यता हट्छ ।’

भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म तीन हजार ३५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । कोरोनाकै कारण यहाँ १९ जनाले ज्यानसमेत गुमाइसकेका छन् ।

 

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ४ : ५२ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा