त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान  « Khabarhub

त्रिचालीस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान 


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले अतिविपन्न, अभिभावकविहीनलगायतका त्रिचालिस बालबालिकालाई आवाससहितको शिक्षा प्रदान गर्दै आएको छ । व्यास–७ शेषमटार नरङ्गामा ‘व्यास नगर समता’ विद्यालय स्थापना गरी यही भदौदेखि पठनपाठन सञ्चालनमा ल्याएको हो । 

विद्यालयमा अध्ययनरत ती बालबालिकालाई निशुल्करूपमा खाना र आवासको व्यवस्था गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए । विद्यालयमा पठनपाठन सुरु गरे पनि विधिवत्रुपमा उद्घाटन गर्ने कार्यक्रम बाँकी रहेको उनले बताए । 

नगरपालिकाभित्र शिक्षा विभागबाट काटिएको प्राविको ५३ दरबन्दीलाई परिपूर्ति गर्न स्वयम्सेवक शिक्षक भर्ना प्रक्रिया अघि बढाइएको छ । वडा नं १० बैरेनीले जग्गा विकास योजना सम्पन्न गर्दा गण्डकी प्रदेश सरकार र नगर विकास कोषसँग स्रोत साझेदारीका लागि कार्य अघि बढाएको छ । नगरपालिकाअन्तर्गतका योजनालाई व्यवस्थित र चुस्तदुरुस्त गर्न डिजिटलाइजेसन प्रविधि ल्याइएको छ । 

नगर कार्यपालिकाको कार्यालय र वडा कार्यालयको स्थापित सहायता कक्षबाट सेवाग्राहीलाई आवश्यक निवेदन र कागजातको फोटोकपी निःशुल्क उपलब्ध गराइँदै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । नगरवासीका समस्या सुन्न तथा गुनासो सुन्न २४ घण्टा नै खुल्ला रहने टोल फ्रि नं १६६०६५५२००६ सञ्चालनमा ल्याइएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलित लगतलाई डिजिटलाइजेसन गरी वडा नं १, २, ३ मा निस्सा वितरण गरिएको छ । बाँकी फाइल डिजिटलाइजेसन गर्न आदिकवि भानुभक्त क्याम्पससँग तीस दिनको सम्झौता गरी द्रुतरुपमा काम सम्पन्न गर्न कार्य अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । फोहोरमैला विसर्जनको स्थायी व्यवस्थापन गर्न नगरपालिकाले आफ्नै जग्गा खरिद गरी सरसफाइ केन्द्र स्थापना गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  २ : ४० बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले