सिरहामा करेन्ट लागेर तीनको मृत्यु « Khabarhub

सिरहामा करेन्ट लागेर तीनको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए । बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पस्दा करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए ।

सिरहा नगरपालिकामा करेन्ट लागेर एक बालिकाको यही भदौ ११ गते मृत्यु भएको थियो । कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिरहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : २५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह