सिरहामा करेन्ट लागेर तीनको मृत्यु « Khabarhub

सिरहामा करेन्ट लागेर तीनको मृत्यु


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलबजार नगरपालिका–६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ ।

पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए । बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पस्दा करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए ।

सिरहा नगरपालिकामा करेन्ट लागेर एक बालिकाको यही भदौ ११ गते मृत्यु भएको थियो । कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिरहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : २५ बजे

प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी

भक्तपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण