नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो : पर्यटनमन्त्री श्रेष्ठ


१७ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गरिने बताएका छन् ।

नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘प्रिजेन्टिङ नेपाल फोटो कम्पिटिसन २०२२’का विजयीलाई पुरस्कृत गर्दै मन्त्री श्रेष्ठले नेपालमा बाह्रै महिना पर्यटन गतिविधि सञ्चालनका लागि सरोकारवालासँग समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरे । उनले नेपाललाई सदावहार पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सके यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

पर्यटनमन्त्री श्रेष्ठले नेपाल नेचर, कल्चर र एडभेन्चर हरेक हिसाबले विश्वकै उत्कृष्ट गन्तव्य भएको बताए । यिनीहरुको प्रर्वद्धनका लागि फोटो महत्वपूर्ण माध्यम भएको उनको भनाइ थियो ।

बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले बोर्डले नेपालको पर्यटन प्रर्वद्धनका लागि फोटोको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताउँदै विजयी फोटोग्राफरलाई बधाई ज्ञापन गरे ।

 

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार  ९ : ४० बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी